Skip to content

गन्न थाल्छु कविताकाशब्दहरु १,२,३..-.१,२,३ ! .

“कविता”
एउटा कविता लेख्ने चाहनलाई बर्षौ सम्म
गर्भाशयमा राखेर छट्पटिन्छु ,
बलजफतले टुपी बाट धुवाँ निकाल्दै
दांदबाट पसिना काट्दै
…जसो तसो एउटा कविता जन्मौछु
अनि थाल्छु खुशी हुन ……
गर्बले छात्ती फुल्लिन्छ,
घमण्डले क्वाप्पै गिदी निल्दा
म जस्तो जान्ने त को नै पो छ र?
भन्ने भ्रमले
मेरो दिमागमा बास गर्दा
अनि म त्यै घमण्डको तालमा
उफ्रिन्छु भुरुक्क भुरुक्क ……..
ध्रुब सत्य हो म घमण्ड गर्दैछु र म
भ्रममा छु भन्ने,
त्यसैले त बर्षौटे कवितालाई कहिले टुपी देखि
कहिले पैताला देखि नाप्ने गर्छु !
भ्रमले आँखा कानो पर्दा कहिले
पारिजातका शिरिषको फूलसंग दाँज्ने गर्छु,
कहिले साहित्य आकासका ताराहरुको काब्य र महाकाव्यसंग
तौलौछु,जोक्छु…
आखिर भ्रम भ्रमै हो !.
आफैलाई बिस्वाश लाग्दैन आफ्नै कविता माथि
अनि गन्न थाल्छु कविताकाशब्दहरु १,२,३..-.१,२,३ ! .
घमण्ड पन न हो,कहाँ त्यतिले चित्त बुझ्छ र,
पोत्न थाल्छु भित्तै भरि..
सुनाई हिड्छु साथी संगीलाई
र देखाउदै हिड्छु सारालाई ………..
सबैको वा–वा र हाइ हाइ बटुल्न नासकेनी
कोहि कोहीको तारिफमा घमक्का परेर आफुलाई
साँच्चै कबि सम्झिदै जमिनमा खुट्टा हुन्न……
फगत::!! सबै मै जस्तो दिमागी अन्दो त
कहाँ हुन्थे र…….
म घमण्ड र भ्रमले पोतेको-टालेको
आँखाले दाँज्न खोज्छु,आफ्नु कविता
पारिजातका शिरिषको फूलसंग,
सुन्य दिमागीले तौलौना खोज्छु-जोख्न खोज्छु
काब्य-महाकाव्य संग …
कसैले वास्ताबिक्ताको धरातलमा उभेर प्याचा
आफ्नु कविताको मुल्यंकन गरिदिंदा
अमिलो मुख पार्दै गोलि लागेको बाघ
झैं क्रोदिद हुन्छु..
अनि थाल्छु फेरी गन्न आफ्नु कविताका
शब्दहरु १,२,३-१,२,३……….
घाइते बाघ न परें,दायाँ बायाँ हेर्छु
कतै देखि हाल्यो भने
कसैले फुलौना लागेको
साहित्यक मनलाई भाँच्न थाल्छु,
आखिर घमण्डी त परें,
आफुलाई साहित्यका बरिष्टतम पदमा
आफैले आसिन गर्दै
यो भएन,उ भएन भन्दै प्रोत्साहन होइन,
हतोत्साहित पार्छु..र निरासा पार्छु,
किन कि आफुले गर्न नसकेका काम कसैले
गर्छन भने,त्यो मैले साहना सक्ने कुरै भएन..
आखिर घमण्डी त परें…त्यतिले नि
पुग्दैन फेरी आफ्नु कविता पल्टाएर शब्दहरु गन्न
थाल्छु १,२,३,-१,२,३…….

राजेश रुम्बा लामा “अतृप्त”
१९-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *