Skip to content

शृंगारिक “गजल”

“गजल”
असारको महिनामा,सिम-सिम पानी पर्दै थियो
रोपाई थियो हाम्रो खेतमा,म नि उँदो झर्दै थियो !
~~~~~~~~~~~~18~~~~~~~~~~~~~
कुहिरो पनि लागे थियो,पारि भिता समेत छेक्ने
थाहा पाएँ कोहि आउदैछे,साइ-सुइ गर्दै थियो
~~~~~~~~~~~~18~~~~~~~~~~~~~
ओ हो!झमका भेट भै हाल्यो,पल्लो गाउँकी भुन्टी रहिछे
ठाउँमै पुगेछ यी आँखा त,बुझिन् आँखा तर्दै थियो
~~~~~~~~~~~~~18~~~~~~~~~~~~~~
म पनि के कम थिएँ र,हेरी रहे उसको रुप
नसालु मेरो आँखा,उसको जवानीमा चर्दै थियो
~~~~~~~~~~~~~18~~~~~~~~~~~~~
यी आँखाको भाका बुझिछे,मस्किन पो थालिन गाठे,
के छ हौ हालखबर,,भन्दै मै तिर पो सर्दै थियो
~~~~~~~~~~~~~18~~~~~~~~~~~~~~
के खोजेको कानो?आँखा,सोचे जस्तै भयो मलाई त
च्याप्प अंगालो मारी,अनि मायाको बिउ छर्दै थियो
~~~~~~~~~~~~~18~~~~~~~~~~~~~
हलो-जुवा बोकी बाबा नि,आउंदै रहिछ खेतमा
हेर्न समेत सकेन हौ,जिउंदै “अतृप्त” मर्दै थियो
~~~~~~~~~~~~~~18~~~~~~~~~~~~
राजेश रुम्बा लामा “अतृप्त”
१८-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *