Skip to content

राजेश रुम्बा लामा

मेरो बुढो बाउ (गजल)

दुई दिन आमा नहुँदा, बुढो बाउ त टोलाउँछन् पो
भेट्नु मात्रै पर्छ अनि, स्वाङ पारेर बोलाउँछन् पो

भन्नु हुन्छ कहिले सानु, कहिले चाहिं नानु रे,
नदुखेको बुढो जीऊलाई, तेल लाएर मोलाउँछन् पो

कस्तो फसाद म छोरालाई, सुने नि नसुने झैं गर्नु पर्ने,
ला’को लुगा सुहाएन भन्दै, खोल्नु अनि खोलाउँछन् पो

लुकी लुकी हेरौं लाग्छ…

गजल
लुकी लुकी हेरौं लाग्छ,तिम्रो जोबन ‘फुले’ देख्दा,
हिमाल झैं तिम्रो ज्यानमा,खै के हो त्यो ‘चुले’ देख्दा !

डुलाउँ डुलाउँ लाग्छ सधै,तिम्रै वरी परि,
एकै तालमा ढालाउँ लाग्छ,अरुई ‘डुले’ देख्दा !!

कति उठ्छ मनमा चाहना,भनि साध्य छैन,
आफै देखि रिस नि उठ्छ,आफैलाई ‘भुले’ देख्दा !!

राजेश रुम्बा लामा “अतृप्त”

पुर्बी दिशा लाली छायो

पुर्बी दिशा लाली छायो,अब घाम लाग्छ कि,
देशमा भाको कालो बादल,अब भाग्छ कि !

श्रम गर्ने मजदुर वर्ग,खाने अरु नै,
अब भने मज्दुरकोमा,खान पाक्छ कि !!

सामन्तीले दावा बोल्यो,गरिब जनता माथि,
गल्ति महशुस गर्दै अब,माफी माग्छ कि !!

गर्नु सम्म गर्यो बेज्यत,बिस्व सामो हाम्रो,
कुरी कुरी महसुस गरि,लाज ढाकछ कि !!

राजेश रुम्बा लामा “अतृप्त”

सोल्टिनी (गजल)

कर गर्दिन सोल्टिनी, हुन्न भने नाई भन,
छुन्नै हुन्न भन्छौ भने, अबदेखि दाइ भन

हुन त हरेक कुरा, मैले भन्दा जानेकी छौ,
लाज लागे दाइ भन्न, हुन्छ नि त भाइ भन

आशा मात्रै देखाउँछौ, नजिक पनि पर्दैनौ
सधैं यसो गर्छौ भने, सदालाई बाइ भन

पाखुरीमा दम हुँदा

पाखुरीमा दम हुँदा, खाडी देश छिर्नु पर्यो,
स्वभिमानी म नेपाली, पराई सामु गिर्नु पर्यो

मन थिएन देश छाड्न, बाध्य भएँ छाड्नलाई,
टाढा भयो आफ्नो देश, सम्झी मुटु चिर्नु पर्यो

सिरुपाते जुँगा मेरो

सिरुपाते जुँगा मेरो,
च्याट्ट काट्छु दारी,
जुल्फी कपाल कोर्दै हिंड्छु
सबको सेखी झारी !

अतर लाउँछु मग मगाउने
पुग्छु कहिले पारी,
केटी भए चल्छ मलाई
ब्याउनी होस् कि थारी !!

आँशु मेरो झारी गयौ

सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।
दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।

अमर-अजर हुन्छ भन्थें, हाम्रो प्रेमको कहानी यो
देखाउन नपाउँदै कसैलाई, भ्रुणमै तिमीले मारी गयौ ।
सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।

लड्छु भन्थे जीवनभरि, दु:ख पर्दा हरेक मोडमा,
शायद देख्यो दुख धेरै, नभिडेरै हारी गयौ ।

सम्झनालाई भुल्यो कि त…………..

सम्झनालाई भुल्यो कि त,कि त अन्तै त्यो मन सर्यो ?
मिस कल समेत छैन आजकल,भन् तिमीले यो के गर्यो ?

यस यम यस र मिस कल गर्छु भन्थ्यो,त्यो मन भुलौनालाई,
कि त टाढा देखि मलाई,अरुई खोज्न खोलि तर्यो ?

गोड मेल गर्छु हरदम भन्थ्यो,हाम्रो प्रीतको फूललाई तिमी,
आभाष भाछ अहिले मलाई,नफक्रिदै त्यो फुल झर्यो !

सम्झन