Skip to content

सोल्टिनी (गजल)


कर गर्दिन सोल्टिनी, हुन्न भने नाई भन,
छुन्नै हुन्न भन्छौ भने, अबदेखि दाइ भन

हुन त हरेक कुरा, मैले भन्दा जानेकी छौ,
लाज लागे दाइ भन्न, हुन्छ नि त भाइ भन

आशा मात्रै देखाउँछौ, नजिक पनि पर्दैनौ
सधैं यसो गर्छौ भने, सदालाई बाइ भन

केको नक्कल पार्छौ हँ? दुनियालाई जलाउन,
होइन भने लु आँट, रुम्बा इज माइ भन

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *