पाखुरीमा दम हुँदा, खाडी देश छिर्नु पर्यो,
स्वभिमानी म नेपाली, पराई सामु गिर्नु पर्यो
मन थिएन देश छाड्न, बाध्य भएँ छाड्नलाई,
टाढा भयो आफ्नो देश, सम्झी मुटु चिर्नु पर्यो
के गर्नु र आफ्नै देशमा, दिन्नन गरी खानलाई,
हुँदै नभा’ ऋण गरी, ब्याजको स्याज तिर्नु पर्यो
अरुलेभन्दा बढी दु:ख, गर्नुपर्छ मैले यहाँ,
जति दुख गरे पनि, हारको बिल्ला भिर्नु पर्यो
घोट्नु घोटी हाड मासु, गुमाएर जोस सबै,
फूल जस्तै सुकेपछि, आफ्नो ठाउँ फिर्नु पर्यो
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

raamo chha
rachana aafai ma kathin hunchha ,shrijana srijita chha ,raamo chha ,aani sudhar ganru parne thau haru pani chhan , badai chha pragati ko kamanaa
tnx
tnx so much Budhi asyang…hajurharuko yastai satya ra sahi salaha sujab yukta hausala lai mo kadar gar6u..tnx again and promise i will do best…………..
comment
Yak damai bastabik kuralai gajalma sametnu bhayako 6.thankyou.