Skip to content

राजेश रुम्बा लामा

नभुल्नु है प्रिय तिमी

नभुल्नु है प्रिय तिमी, कसैको बातमा
जे नि हुन सक्छ हेर, बैंशको उन्मातमा !

मनमा अनेक कुरा खेल्छ, थाहा छैन आफैंलाई
तिम्रै यादमा छटपटिन्छु, हरेक-हरेक रातमा !
नभुल्नु है प्रिय तिमी, कसैको बातमा

मेरो जन्मभूमिमा

घाम जून हराएको छ आज,
क्षितिज चुम्ने चाहनेहरू
अन्धकारमा रुमल्लिदै छन् ।

कसैलाई थाहा छैन,
भोलि के हुने हो ?
कहा पुग्ने हो ?
अनि कस्तो हुने हो ?

कहिले ख्राजी एदा डन्सी (तामाङ् भाषाको गजल)

कहिले ख्राजी एदा डन्सी
कहिले “नेजी” एदा डन्सी

पहिले लाबला ताम डन्बन्
कहिलेम् “पेजी” एदा डन्सी ।

चाबा न्हुङ्बला तामनुन् ख्लागो
र्हङ्दन् “म्लेजी” एदा डन्सी,

हेरी रहे जुनलाई

हेरी रहे जुनलाई मैले
तिम्रो रुप देखिइरह्यो,
लाग्यो होला डाहा त्यस्लाई
बादलुले छेकिरह्यो ।

जूनले पनि हेर्यो लाग्थ्यो
घुम्टो भित्र लुक्दै मलाई,
सर्माएर जवानीको
आफ्नो शीर झुक्दै मलाई ।।

ङाला ह्युल्सा

ङाला ह्युल्सा,
साँच्चिन हीरा, मोती भन्दन्
ज्याबा मुला,
स्वर्ग भन्दन् ज्याबा मुला,
होरोँदै मि, होरोँदै मि, उ,
बैरी जे बेन्गेलाबा,
रह्ङ्ला स्वार्थ ला लागि रि,
रह्ङलन सन्तानजे चुँगेलाबा ।
कते मि बेन्जीन्जी,
चुँबाजेन् चुँजीन्जी ।।

सून्य छ मेरो जीवन

सून्य छ मेरो जीवन,
तर अघि बढ्छु, बढ्छु,
मर्न दिन्न मेरो लक्ष्य
शिखरमाथि चढ्छु, चढ्छु !

रोक्न खोज्छन,बाधाहरूले,
यस बिरुद्द म डट्छु, डट्छु,
बिचलित नभई, कहिल्यै कतै,
बीर योद्दा भै लड्छु, लड्छु !!

चारै तिर काँडै काँडा

चारै तिर काँडै काँडा
बिचैमा म बाँच्दै छु,
घोचाइ भुल्न त्यो काँडाको
देखौटी म हाँस्दैछु ।

आफ्नै भाग्य त्यस्तै सम्झि
जवानी म मास्दैछु,
बनाउटी खुशी बोकी
पीर, म नास्दैछु ।।