दुई दिन आमा नहुँदा, बुढो बाउ त टोलाउँछन् पो
भेट्नु मात्रै पर्छ अनि, स्वाङ पारेर बोलाउँछन् पो
भन्नु हुन्छ कहिले सानु, कहिले चाहिं नानु रे,
नदुखेको बुढो जीऊलाई, तेल लाएर मोलाउँछन् पो
कस्तो फसाद म छोरालाई, सुने नि नसुने झैं गर्नु पर्ने,
ला’को लुगा सुहाएन भन्दै, खोल्नु अनि खोलाउँछन् पो
साँझै पिच्छे तीन-पानीले, सेक्नु सेक्छन बुढा जीऊ,
सोझी मेरी आमालाई नि, कर गरेर पिलाउँछन् पो
गुन-गुन, गुन-गुन गर्दै बस्छन्, मध्ये रातसम्म,
बिहान कतै जानु पर्दा, ए बा मुख मुख मिलाउँछन् पो
राजेश रुम्बा लामा “अतृप्त”

मेरो बुढो बाउ (गजल)
dherai ramro .. majja aayo padna..
tnx
tnx man parai dinu vai comment 6aadnu vakoma..Dear Nepali songs
hi
nice to be here in this site. especially i come to here to get lyrics of gazal… keep rocking !!!
Wow very beautiful Gajal, the
Wow very beautiful Gajal, the Gajal should be popular in the site http://www.songsnepal.com. The site is renown for all genre of Nepali songs.