Skip to content

आउदा आउदै लेट् भयो………..

कबिता
कति ङार् ङार् ङुर् ङुर् गर्छौ काली
आउदा आउदै लेट् भयो,
आफ्नै साली,तिम्रो बहिनी
भीर कुन्नामा भेट् भयो ।

साली भेना भेट् भएसि
हल्क गफ् त गर्नै पर्यो,
थाहै नपाइ कति छिटै
पापी समय चेट् भयो ।।

अरु कुरा त केहि होइन हेर
तिम्रै कुरा गर्दै थिइन्,
छोरा पाउनी भाछे दिदी
भन्द मख्ख पर्दै थिइन् ।।

उसलाई पनि छोरा पाउनी
निकै सारो मन् छरे,
आफ्नो दिदीले पाउना लाग्दा
कट्टक मुटु पो खान्छ रे ।।

निकै जम्यो हाम्रो गफ्
तर छुन त छुएन है,
छुट्नु पर्दा साझमा
मोरी त झन्नै रुएन है ।।

मलाइ नि मन् थिइन् छुट्न
आउनै पर्ने कर थियो,
फकि हाल्थ्यो नि तिमी त
तिम्रै आमाको डर थियो ।।

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *