पछि पर्यो तामाङ्ग जाति, जाँड रक्सीको झ्याप्ले,
लाटो मुर्ख भयो तामाङ्ग, अशिक्षाको चापले !
पिउन पाए घरै भुल्छ, अरु त झन् वस्तै छैन,
त्यै भएर सेक्यो तामाङ्ग, खुनीहरूको रापले !
पछि पर्यो तामाङ्ग जाती, जाँड रक्सीको झ्याप्ले !
१२ महिना दु:ख गर्छन, ६ महिनालाई हुन्न अन्न,
बुझे होइएन जाँड राख्नलाई, अन्न कुवाएको पापले !
पछि पर्यो तामाङ्ग जाती, जाँड रक्सीको झ्याप्ले !
देखाउछन् सबले दिवस्वप्न, सोझो तामाङ्ग मान्छे कठै!
थाहा पाई थाहा पाई, बनाउछन हेर, बोलाउने सडक छापले!
पछि पर्यो तामाङ्ग जाति, जाँड रक्सीको झ्याप्ले,
लाटो मुर्ख भयो तामाङ्ग, अशिक्षाको चापले ! !
राजेश रुम्बा लामा ”अतृप्त”