Skip to content

राजनीतिको “र” थाहा छैन……..


राजनीतिको “र” थाहा छैन
तर पनि आफु नेता ठान्छु
एक दुइजना जम्म पारी,
हावै भए नि गफ हान्छु ।

नेता हुन सजिल्लै छ
दुइ चार कुरा जान्नु पर्छ,
भयो भने नारा जुलुस्
एक दुइ ढुङ्ग हान्नु पर्छ ।

आफुले गर्न नसके नि केहि
गर्न खोज्नेको खुट्ट तान्नु पर्छ,
आफुलाई फाइदा हुन्छ भने,
बिदेशीलाई नि बाउ मान्नु पर्छ ।

जता जाओस् देश र जन्ता
आफ्नै महल टाल्नु पर्छ,
यदि यो भएन भने
भवन गाडी बाल्नु पर्छ ।

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *