Skip to content


कुनै महिना धेरथोर हुन्छन् कुनै तीस दिनका
एक वर्षमा बाह्रमहिना तीन सय पैसाठ्ठी दिनका
दुई महिनाका एउटा ऋतु, छ ऋतु भए सालमा
जाडो-गर्मी झरी पर्दै घुम्छन् आफ्नै चालमा
वसन्त ऋतु हुन्छ चैत-वैशाख मास
प्रकृतिले पालुवा फेर्छ त्यसबेला खास
ग्रीष्म ऋतु जेठ-असार गर्मी ज्यादै हुने
साउन-भदौ वषर्ा ऋतु पानी झरी पर्ने
शिशिर ऋतु माघ, फागुन तुषारो नै फुल्ने
स्याँठ चलि आकाशगंगा छ्याङ्छुङ्ग खुल्ने
आफ्नै चालमा बग्छ बेला रात पछि दिन
पचास दिने जाडो महिना मीनपचास हो चिन ।

मुना २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *