Skip to content


समयसँगै तिमीगयौ
अनायासै हजाराँै मनहरू स्तब्ध पारेर
स्मृति तलाउमा छचल्किंदै बग्ने
मायावी नदी देवदिदी !
स्मृतिको धमिलो आँखामा
पच्चीस वर्षअघिको पवित्र दिन
सम्झँदैछु यसबेला
एउटा प्रगाढ सम्बन्धको
पवित्र बन्धन सम्झँदैछु यसबेला
भेटको आरम्भका ती सुखद् संयोग
सायद नाता थियो कुनै जन्मको
दुईदिन अघिमात्र
पवित्रताको तरङ्गीत धुन बज्ने देवदिदी
तिमी ओझेलिनु मेरो दुर्भाग्य बन्यो
नकुनै आवाजहरूमा सुन्न पाए तिमीलाई
सम्झँदा सम्झँदै हरक्षण
आफैँबाट विलय भयो त्यो पवित्र दिन
देवदिदी ! तिमीसबैकी देवी
अब शब्दचित्रमा भेटिने हाम्री आस्था
अट्टालिकाबाट चिहाउने एउटा सुन्दर जून
मुस्कुराउँदै सुमसुम्याउने अनुभूति मात्र भई
अनन्त यात्रा तय गर्‍यौ छाडेर सम्झनाका वादीहरू
यो दुःखद घडीमा शब्दचित्रद्वारा
तिमीलाई भावविभोर हुँदै हार्दिक श्रद्धाञ्जली
देवदिदी ! तिम्रो अवसानको पीडा सहँदै
वियोग र वेदनाले दुखाउने घाउ सुमसुम्याउँदै
म र तिम्रा थुप्रै प्रियजनहरूबाट
श्रद्धाञ्जली, श्रद्धाञ्जली, सतत् श्रद्धाञ्जली

गोरखापत्र शनिबार
जेठ ७, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *