शिवप्रसाद भट्टराई
अनुपम र अभिनव महाकाव्य
वर्तमान समय-सन्दर्भमा नेपालको राजतन्त्र इतिहासको विषय बनिसकेको छ । यो हिजो थियो तर आज छैन । यही इतिहाससम्बद्ध विषयहरू प्रस्तुत गर्दा असम्बद्ध र अर्थहीन कुराहरूबाट टाढा रही वास्तविक यथार्थको ज्ञान दिने र यसका माध्यमबाट सम्बद्ध विषयवस्तुको तत्त्वबोध गराउने आफ्नै किसिमको सत्प्रयास कवि नीलकण्ठ भट्टराईले प्रस्तुत पुस्तक ‘शाह-शृङ्खला’मा गरिएको पाइन्छ ।
कालजयी खण्डकाव्यः मुनामदन
नेपाली काव्य साहित्यमा स्वच्छन्दतावादी भावधारालाई प्रवेश गराउने महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) को ‘मुनामदन’ खण्डकाव्यलाई सबैभन्दा बढी मन पराइएको कृतिको रूपमा लिने गरिन्छ । उनका ‘लुनी’, कुञ्जिनी, ‘म्हेन्दु’ आदि अन्य खण्डकाव्यहरू पनि उत्कृष्ट र पठनीय छन् तर पनि यी खण्डकाव्यहरूका तुलनामा नेपाली समसामयिक समाजको समग्र पक्षको स्वच्छ चित्रण एवं देश, काल र वातावरण सम्बद्ध यथार्थको प्रकटीकरण जति र जुन मात्रामा ‘मुनामदन’ मा पाइन्छ, त्यति उनका अन्य खण्डकाव्यमा पाउन सकिँदैन ।
‘दोषी चस्मा’ प्रतीकात्मक अभिव्यक्ति
सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ नामक कथाको शीर्षक नै स्वयंमा प्रतीकात्मक छ । यसले केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ । कथामा केशवराजले चस्मामाथि पोखेको रिस, कोठामा पुगेर उनले लुगा फुकाल्न लाग्दा टिमिक्क परेको सुरुवाल उनको गोडाबाट हत्तपत्त निस्कन नसकेको अवस्थामा उत्पन्न हुनपुगेको उनको रिसको आवेग आदि विविध पक्षले उनीभित्र समाहित हीन मनोग्रन्थी सम्बद्ध जटिल समस्याको गहनतालाई प्रतीकात्मक रूपमा प्रष्ट्याउने काम गरेको छ ।
भरतराज पन्त सम्झना र श्रद्धाञ्जली
नेपाली कविता साहित्यका क्षेत्रमा भरतराज पन्तलाई एउटा अद्वितीय प्रतिभासम्पन्न व्यक्तित्वको रूपमा लिइन्छ । धैर्य, सहिष्णुता, आत्मबल, आत्मविश्वास र अठोट आदि विभिन्न किसिमका सद्गुणहरू उनीभित्र खचाखच भरिएका कारणले नै विभिन्न किसिमका कठिन परिस्थितिका बीच पनि उनले नेपाली साहित्यको क्षेत्रमा आफ्नो कीर्तिमान कायम गर्नसकेको देखिन्छ । आफ्नो जन्म भएको तीन वर्ष पनि पुग्दा नपुग्दै आफ्नी आमाको निधनको पीडा भोग्नु परेको यिनले १९९० साल माघ २ गते गएको महाभुकम्पको प्रकोप पनि सहनु परेको थियो । यस अवस्थामा करिब दुई वर्षसम्म भत्केको घरको छिँडीमा नै जसोतसो जीवन गुजारा चलाएपछि वि.स. १९९२ मा त्यो क्षतिग्रस्त घर छाडेर उनको परिवार काठमाडौंको कुश्लेचौरमा बस्न पुगेको थियो ।
