धेरै धेरै पहिले नेपाल खाल्टो एउटा ठूलो तलाउ थियो । त्यसको दक्षिणपश्चिम कुनामा सुप्रभानगरी भन्ने ज्यादै राम्रो नगरी थियो । त्यहाँं अति पराक्रमी दानवराज वाणासुर राज्य गर्दथे ।
राजा वाणासुरको हजार हात थियो । हजार हातको बल भएकोले ऊ सा-है घमण्डी थियो । मभन्दा बलियो अरु कोही छैन भन्ने सम्झन्थ्यो ।
तर ऊ पशुपतिनाथको अति भक्त थियो । हरेक दिन ऊ विभिन्न बाजागाजा बजाउंदै पशुपतिनाथको पूजा आराधना गर्दथ्यो । उसको पूजा र भक्ति देखेर भगवान् पशुपतिनाथ प्रशन्न हुनुभयो ।
“दानवराज । म प्रशन्न छु । के बर माग्छौं माग ।” पशुपतिनाथबाट दर्शन दिंदै आज्ञा भयो ।
“प्रभो । हजूरको कृपाले म सम्पन्न छु । बलवान पनि छु । मेरा हजार हात छन् । अब मलाई के चाहियो र । प्रभो । हजूरको माया भए पुग्छ ।” वाणासुरले नमस्कार गर्दै भन्यो ।
“केही त माग । म दिन तयार छु ।” पशुपतिनाथबाट फेरि आज्ञा भयो ।
“त्यसो भए प्रभो । मेरो सुप्रभानगरी सुनैसुनको बनोस् ।” वाणासुरले नम्र भएर भन्यो ।
“तथास्तु । त्रि्रो नगरी सुनैसुनको बनोस् । तर यो नगरीको नाम शोणितपुर हुने छ ।” यति वरदान दिई पशुपतिनाथ अन्तर्ध्यान हुनुभयो ।
अहा । सिङ्गो नगरी सुनै सुनको । झकिझकाउ । वाणासुर दंङ्गदास परे । त्यहांँका बासिन्दाहरु पनि खुसीराजी थिए । केही वर्षम्म वाणासुरले पनि आरामसाथ राज्य चलाएर बस्यो ।
तर हजार हातको बल भएको पराक्रमी दानवराजलाई सधैं चुप लागेर बस्न अल्छी लाग्दै आयो । उसको घमण्ड पनि ज्यादै बढ्यो । ‘विनाशकाले विपरित बुद्धि’ भनेझैं उसलाई युद्ध गरुंँ गरुंँजस्तो लाग्न थाल्यो । तर कोसंँग युद्ध गर्ने – उसले आफूजस्तो बलवान् कोही पनि देखेन । आफूभन्दा कमजोरसंँग युद्ध गर्न चाहेन ।
आफनो इच्छा जाहेर गर्न ऊ फेरि पशुपतिनाथलाई आव्हान गर्न थाल्यो । धुमधामले पूजा आराधना ग-यो ।
“दानवराज । किन आव्हान ग-यौ – के आपत प-यो -” पशुपतिथनाथबाट आज्ञा भयो ।
“प्रभो । केही आपत परेको छैन । धेरै समय भयो युद्ध गर्न नपाएको । हात चिलाइ रहेछ । हजार हात भएको पनि केही काम लागेन ।” वाणासुरले बिन्ती ग-यो ।
“के चाहन्छौं त -” पशुपतिनाथबाट मुसुक्क हाँंस्दै आज्ञा भयो ।
“प्रभो । आज्ञा भए हजूरसँगै युद्ध गर्न चाहन्छु । युद्ध गर्नयोग्य अरु कोही पनि देखिन ।” घमण्डले गमक्क फुलेर वाणासुरले भन्यो ।
“पख । धर्ैय गर । छिटृै मभन्दा पनि बलवान्संँग त्रि्रो युद्ध हुनेछ । अवश्य हुनेछ । उसले नै त्रि्रो हजारबाहुको बलको छिनोफानो गर्ने छ । शोणितपुर नामको र्सार्थकता त्यतिबेला नै प्रकट हुने छ ।” पशुपतिनाथबाट आज्ञा भयो ।
“कहिले प्रभो, कहिले – अनि कोसंँग -” घमण्डले चूर भएको वाणासुरले अधर्ैय हँुंदै सोध्यो । ऊ युद्ध गर्न चौचौ भइरहेको थियो ।
“प्रतीक्षा गर । छिटृै थाहा पाउने छौं ।” यति आज्ञा भएर पशुपतिनाथ अन्तरध्यान हुनुभयो । वाणासुर आफनो इच्छा पुग्ने भएकोमा दङ्गदास पर्दै दरवार फर्कियो ।
वाणासुरकी अति सुन्दरी एउटी छोरी थिइन् – राजकुमारी उषा । वाणासुरले छोरी उषालाई ज्यादै माया गथ्र्यो । छोरीले भनेको कुरा सबै पु-याइ दिन्थ्यो ।
एक रात राजकुमारी उषाले सपनामा एउटा अति सुन्दर युवक देखिन् । उषालाई त्यो युवक अति मन पर्žयो । उसंँगै विहे गर्ने अठोट गरिन् । तर कसरी – उनी सर्ुताउन थालिन् ।
“छोरी के भयो – किन निन्याउरो भएर बसेकी – सन्चो छैन कि -” विहान छोरीको अंँध्यारो अनुहार देखेर वाणासुरले सोध्यो । उषाले पनि आफूले सपनामा देखेको सबै कुरा भनिन् र त्यही युवकसंँग बिहे पर्ने इच्छा बताइन् ।
वाणासुरलाई चिन्ता लाग्यो । त्यो युवक को हो – कहाँं बस्छ – केही पनि त थाहा थिएन । उसले अप्सरा चित्रलेखालाई बोलाउन पठायो ।
चित्रलेखाले राजकुमारी उषाले बताएअनुसारको हुलिया चित्रमा कोर्न थाली । धेरै युवकहरुको चित्र कोरियो ।
“हो । हो । यही हो ।” एउटा चित्र देखेर उषा खुशी हुंँदै चित्रलेखालाई अँंगाल्न पुगिन् ।
त्यो सुन्दर युवकको खोजी भयो । त्यो युवक द्वारिका नगरीका भगवान् श्रीकृष्णका पनाती अनिरुद्रको रहेछ । चित्रलेखाको सहयोगबाट अनिरुद्रलाई रातारात शोणितपुर भित्र्याइयो ।
द्वारिकामा हल्लाखल्ला मच्चियो । रातारात अनिरुद्र कहाँं पुग्यो, पत्तै भएन । धुइंँपत्ताल खोजी भयो । अन्त्यमा दानवराज वाणासुरले अपहरण गरेको थाहा भयो । तत्कालै श्रीकृष्ण आफ्ना ग्वाला सेनासमेत लिई शोणितपुरमा हमला गर्न आइपुगे ।
श्रीकृष्ण र वाणासुरको घमासान युद्ध भयो । हजार हात भएका वाणासुर पनि के कम हुन्थ्यो । युद्ध मज्जैले चर्कियो । अन्तमा श्रीकृष्णले वाणासुरको सबै हात काटी दिए । वाणासुरको घमण्ड चकनाचूर भयो ।
त्यतिबेलासम्म अनिरुद्रले पनि राजकुमारी उषालाई मन पराइसकेका थिए ।
शोणितपुरमै राजकुमारी उषासँंग अनिरुद्रको बिहा भयो । राजकुमारी उषालाई पनि साथ लिएर श्रीकृष्ण र अनिरुद्र द्वारिका फर्किए । केही ग्वालाहरु यतै बसे ।
त्यसपछि सुनैसुनको नगरी पनि भताभुङ्ग भयो । एउटा सानो गाउँमा परिणत भयो । हाल त्यो नगरी थानकोट -शोणितपुर) नाउंँले चिनिन्छ । यो काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भेकमा अवस्थित छ ।
माघ २०५९
