एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सडक पुगिसकेको थिएन । त्यहाँका मानिसहरु सहरसम्म जानलाई ४ घण्टाको बाटो हिँडेर जानुपथर्यो । त्यहाँ स्वास्थ्य चौकि पनि थिएन गाउँमा निकै बाक्लो बस्ती थियो । गाउँको एउटा कुनामा सानो झुपडी थियो जहाँ एउटा रामु भन्ने केटो र उसकी आमा मनमाया बस्दथे । रामु एक गरिब परिवारको भएपनि पढ्नमा निकै अगाडि नै आउँथ्यो । त्यसैले उसलाई गाउँका सबैले माया गर्थे । तर दुःखको कुरा रामुले एउटा खुट्टा गुमाएको थियो । फेरि उसको बुबाको मृत्यु ४ वर्ष पहिले नै भइसकेको थियो । त्यही गाउँमा एउटा हरि भन्ने केटो तियो ऊ एक सम्पन्न बाबुको एकलौटी सन्तान भएता पनि पढ्न लेख्नमा साह्रै कमजोर थियो । ऊ नराम्रो संगत गर्दथ्यो साथै उसको यस्तो बानी देखेर उसलाई गाउँका मानिसहरुले त्यति मन पराउदैनथे । उ अरुलाई हेपेर, घोचपेच गरेर बोल्थ्यो । उसको यस्तो बानी देखेर उसलाई चासँका मानिसहरुले त्यति हरिका बाबु आमाले पनि उसलाई पनि सम्झाउन खाज्दा पनि ऊ एक कानले सुनेर अर्को कानले उडाउथ्यो ।

हरि र रामु एउटै विद्यालयमा कक्षा ७ मा पढ्थे । हरिले रामुलाई पटक पटक गिज्याउने गर्दथ्यो । तर रामु बुझ्ने केटो भएकाले उसको कुरालाई वास्ता गर्दैनथ्यो ।

एकदिनको कुरा हो । रामु र उसका साथीहरु खेल्न भनी चउरमा गए । रामुको एउटा खुट्टा नभएकाले नखेल्ने भयो र अरुले खेलेको हेरेर बस्यो । त्यसैबेला हरि र उसका साथीहरु पनि बल खेल्न आए । रामु बसिरहेको देखेर उसलाई के के भन्दै गिज्याउन थाले । उसलाई दुःख लाग्यो । उसले आजभन्दा ४ वर्षअघिको घटना सम्झियो । त्यसबेला रामु कक्षा ३ मा पढ्दै थियो । उसँग उसको बाबु पनि थिए । उनीहरु गरिब भएकाले खानलाउन धौ धौ थियो । त्यसैले रामुको बाबु हरिलाल कामको सिलसिलामा शहर गएको थियो । उसले पैसा लिएर घर आएको बेलामा विद्यालयमा वर्षे विदा भएकाले छोरा रामुलाई पनि शहर घुमाउन लाने भयो । रामुकी आमा माया भने घर मै बसिन् । शहर घुम्न पाउँदा रामु धरै खुशी थियो । रामु र उसको बुबा ट्याक्सीमा चढेर जाँदै थिए । शहर आइपुगेको थिएन । अचानक केही ठोकिएको आवाज आयो । त्यसपछिको घटना रामुलाई थाहा भएन । केही समय पछि उसको हास खुल्दा ऊ हस्पिटलमा रहेछ । उसको छेउमा उसकी आमा माया थिइन् । आमा रोइरहेको देखेर के भयो भनी उसले सोध्यो भरे बुझ्दा त उसको एउटा खुट्टा गुमेको रहेछ । त्यति मात्र कहाँ हो र उसको बुबाको त्यही दुर्घटनामा मृत्यु भएको रहेछ । यो घटनाले उसलाई ज्यादै दुःखी बनायो । त्यो घटनाले उसको मनमा परेको घाउ निको हुन धेरै वर्ष लागेको थियो । त्यही घाउ आज हरिले कोट्याइदियो । उसले केही नबोली गहभरि आँशु पारेर कक्षाकोठा भित्र गयो । हरिहरु भने त्यहीँ खेल्न थाले ।

बल खेल्ने क्रममा ग्राउन्डमा लडेर हरि तल झर्यो । ऊ लडेको ठाउँबाट उठ्न सकेन । ऊ बेहोस भएको देखेर उसका साथीहरु फेला परिन्छ भनेर भागे । त्यो कुरा थाहा पाएर रामु सकिनसकी हरि भएको ठाउँमा गयो । उसका दुवै खुट्टाहरु भाँचिएका रहेछन् । यो थाहा पाएर रामुले सरहरुलाई बोलाएर ल्यायो र अस्पताल लगेर उपचार गरे । हरिलाई उपचारको लागि रगत चाहिने भयो । उसको रगत मिल्ने रगत कसैसँग रहेनछ । अस्पतालमा पनि रहेनछ । भरे जाँच गर्दा त उसको रगतसँग मिल्ने रगत त रामुको रहेछ । रामुले आफ्नो रगत दिएर हरिलाई बचायो ।

२ घण्टापछि हरिको होस आयो । नौलो ठाउँमा आफुलाई देखेर जुरुक्क उठ्न खोज्यो । तर उसका दुवै खुट्टामा ब्याण्डेज गरेकाले उठ्न सकेन । मलाई के भयो भनेर ऊ चिच्याउन थाल्यो । उसलाई सबैले सम्झाए । उसको अगाडि रामु उभिरहेको थियो । उसलाई रामुले गिज्याउन आएको ठानी उसलाई गाली गर्न थाल्यो । तर उसको ज्यान बचाइदिने भगवान त रामु नै भएको थाहा पाएपछि ऊ लाजले रातो पिरो भयो । उसले रामुसँग माफी माग्यो र अब आइन्दा कहिल्यै पनि उसलाई त्यस्तो नराम्रो व्यवहार नगर्ने भनेर माफी माग्यो । त्यस दिनदेखि हरिले कहिल्यै नराम्रो काम गरेन । रामुलाई कसैले नराम्रो कुरा गरेको देखेमा उ त्यस मानिससँग रिसाउथ्यो । रामु र हरि मिलेर बस्न थाले । उनीहरुले पढाइमा पनि सफलता हाँसिल गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *