मुसाहरूको बगैँचा

  • by


सुन्दर वनको बीचमा न्याउरी मुसाहरूको रमाइलो बगैँचा थियो । बगैँचामा मुसाहरू रमाइलोसँग बसेका थिए । दिनहुँ आफ्नो नियमित काम सकिएपछि सबैजना मनोरञ्जनमा लाग्दथे । अनि बगैँचामा फलेका फलफूलहरू बाँडीचुँडी खान्थे । यसरी नै उनीहरूको जीवन चलेको थियो । त्यस वनमा साना-ठूला मुसाहरू उकआपसमा माया र ममता बाँडेर बसेका थिए । ठूला र बलिया मुसाहरू टाढाटाढासम्म गई नयाँ नयाँ बीउ बिरुवाहरू ल्याउँथे । अनि साना मुसाहरु मिली खनी खोस्री बिरुवा रोप्थे । बगैँचामा बेलाबेलामा गोडमेल गरी मलजल गर्ने काम भने साना मुसाहरूको थियो । र्सार्थ सबै मुसाहरू मिली सरसफाइमा निकै ध्यान दिन्थे । यसले गर्दा बगैँचा निकै रमणीय र हराभरा भएको थियो । वनमा फलेका फलफूलहरू पनि सबै मुसाहरू बराबर बाँडेर खान्थे ।

मुसाहरूको यस्तो काम र व्यवहार देखेर वरिपरिका चरा, जीव-जनावर पनि दङ्गदास परेका थिए । अनि आपसमा कानेखुसी गर्दै भन्थे- “आहा ! मुसाहरूको बगैँचा बासस्थान कति सुन्दर छ । र्स्वर्गजस्तै रमणीय ।”

मुसाहरूको सुन्दर बगैँचा र आपसको व्यवहार केही पर भएको बिरालाले देखिरहेको थियो । मुसाहरूको यो चलखेल उसलाई पटक्कै मन परेको थिएन । त्यसैले ऊ सम्पूर्ण मुसाहरूलाई सखाप पारेर त्यस सुन्दर संसारमा आफू एक्लै रमाउन चाहन्थ्यो । एकदिन दुष्ट बिरालोमा यस्तै छुद्र कुबुद्धि पलाएछ उसले सबै मुसाहरूलाई सिध्याई त्यस बगैँचामा आफ्नो एकाधिकार जमाउने विचार गर्žयो । ऊ सरासर मुसाहरूको बगैँचामा गई चर्को स्वरमा करायो – “हे फुच्चे मुसाहरू हो ! तिमीहरूको चकचकी धेरै भयो । म यहाँ नजिकै भएको तिमीरूले बिस्र्यौ – अब छिट्टै तिमीहरू यहाँबाट अन्यत्र भाग्छौ कि म पुकुपुकु मार्दै मेटाउ”

ढाँडे बिरालोको जङ्गली कुरा सुनेर मुसाहरू एकछिन त थर्कमान भए । तैपनि दुःखको बेला जुक्ति बुद्धिले काम गर्नुपर्छ भनेभै मुसाहरू एकै ठाउँमा भेला भई समस्याको छलफल गरे । एकछिनपछि आफ्नो बासस्थान प्राणै गए पनि नछाड्ने बरु सहयोगको लागि बाघ राजालाई गुहार्ने निष्कर्षमा पुगे । यसका लागि सम्पूर्ण मुसा एकसाथ बाघकहाँ गई बिन्ती बिसाए । मुसाहरूको दुःखदायीपूर्ण कुरा सुनेर बाघको मन पग्लियो । त्यसपछि भोलि नै बिरालोलाई सम्झाउने आश्वासन बाघबाट मुसाहरूले पाए । अनि मुसाहरू ढुक्क भएर आफ्नो बासस्थानतिर फर्के ।

बिहान सबेरै बाघ बिरालोकहाँ पुग्यो र उसलाई सम्झाउँदै भन्यो – “हेर भान्जा बाबु ! यो जङ्गल हामी सम्पूर्ण जङ्गली प्राणीहरूको साझा थलो हो । यहाँ त हामी सबै एकआपसमा निःस्वार्थ भावनाले मिली बस्नुपर्छ । हामीले आफूहरूबीच रिस, डाह र विरोध गर्žयौँ भने हाम्रो पनि मानिसहरूको भै द्वन्द्वको अवस्था हुनेछ । यो सुन्दर शान्त भूमि मशान मरुभूमिसरि बन्नेछ ।त्यसपछि बिरालोले घमन्ड गर्न छोड्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *