एकादेशमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा एउछा घना जंगल थियो ।जंगलमा थुप्रै जीवजन्तु र वनस्पतिहरु पनि थिए । त्यही जंगलमा दुइजना अलि मिल्ने साथीहरु सँगै बस्दथे । ती दुइमध्ये एउटाको नाऊ नेप्टे र अर्कोको नाऊ चुच्चे थियो ।
चुच्चे एउटी कोइली थिई भने नेप्टे चाँहि काग । ती दुवै काला र उस्तै आकार अनि प्रकारका थिए । एउटै जंगलमा सानैदेखि रहदै आएका ती दुबैलाई एकदिन साह्रै न्यास्रो लागेछ र नेप्छेले चुच्चेलाई आफ्नो मनको कुरा भनेछ । चुच्चेले पनि आफ्नो वेदना नेप्टेसामु खोलिछ । ती दुवैले अब के गर्ने भनि सोचेछनर र देवैले एउटै उपाय निकालेछन्, कि अब हामी दुवै नयाँ ठाउँहरु घुम्न जाने अनि नयाँ नयाँ कुराहरु पनि सिकिन्छ र न्यास्रो पनि लाग्ने छैन । उनीहरुले भोली नै नयाँ ठाउँ घुम्न जाने भनी खाजासाजा र अरु सामानहरु पनि बोकेछन् ।
भोलिपलट दुवैजना मिलि अघिल्लो दिनको सल्लाह अनुसार एउटै ठाउँमा भेटेछन् र सँगै उड्न थालेछन् । उनीहरुले बाटामा राम्राराम्रा र नयाँ – नयाँ ठाउँ र वस्तुहरु देखेछन्, अनि दुवै खुशी हुँदै उड्दै उड्दै गएछन् ।
उड्दा उड्दा चुच्चेले एउटा सुन्दर फूल फुलेको बोट देखिछन् र उनले मनमनै सोचिछ की, ज्यादै थकाई पनि लाग्यो अनि भोक पनि बरु त्यही बोटनिर गएर एकैछिन आराम लिनुपर्ला अनि उनले आफ्नो मनको कुरा नेप्टेसामु भन्यो नेप्टेले पनि हुन्छ भनि सहमतीमा टाउको हल्लायो ।
त्यो एउटा रुखको बोट – र त्यसमा थुप्रै बास्ना लिने फूलहरु फूलिरहेका थिए । केही छिनआराम गरेर घरबाट ल्याएका खाजा खानएर फर्किन लाग्दा अचानक ठूलो पानी परेछ । अबभने दुवैजना के गरु भनि साच्न थालेछन् । त्यसैबेला नेप्टेले साझ पनि परिसकेकोले आज एतै बसौ भनि भनेछ उनीहरु बसेकै रुखमुनि एउटा लाखर्केको घर थियो । लोखर्केले आफ्नो झ्याल पानीले गर्दा भिजेको र पानी भित्र पसेको देखेर झ्याल थुन्न यसो झ्यालनेर जाँदा माथि रुखको हाँगामा दुइजना चराहरुलाई काँपिरहेको देखेछ । उनीहरुलाई उसले पहिले कहिल्यै नदेखेकोले उनीहरु आफ्ना आगन्तुकहरु हुन् भनी मनमनै सोची ती दुवैलाई आफ्नो घरभित्रै बोलाउने बिचार गरी उसले ढोका खोल्यो र नेप्टे पनि जाडोले गर्दा तातो माउने एच्छाले भित्र गयो । उनीहरुलाई को हौ र किन यहाँ आएको भनि सोध्यो र आफ्नो कुरा भने ।
एकछिनपछि लोखर्केले दुबैलाई चिया खुवाएर रमाइलो गर्न भनि आफ्ना साथीहरुलाई बोलाउन गए । त्यसबेला सम्म पानी पनि रोकिसकेको थियो । लोखर्केले आफ्ना साथीहरु आएपछि चुच्चे र नेप्टेको बारेमा बेलिबिस्तार लगाए । अनि सबैजनाले आ-आफ्नो परिचय दिएर चिनाजानी गरे ।
अब भने उनीहरुले आ-आफूमा भएका सिप देखाउने खेल खेल्ने योजना बनाए । लोखर्केको एउटा छिमेकी सेतीले नाचेर आफ्नो सीप देखाए । नाँच हेरेर नेप्टे र चुच्चे साह्रै रमाए र सेतीपछि लोखर्केको अर्को साथी भकुनेले पनि गितार बजाएर सबैलाई अचम्ममा पारे । यस्तैमा लोखर्केले पनि मादल बजाएर सबैलाई छमछम नचाए । लोखर्के पछि अबभने पालो नेप्टेको थियो । उसले पनि मादल बाजएर सबैलाई छमछम नचाए । लाखर्केपछि अब भने पालो नेप्टेको थिायो । उसले पनि गीत गाएर सबैलाई रमाइलो दिने का….का….. गर्नु बाहेक अरु गाउनै जानेन । उसको यस्तो नमिठो गीतले गर्दा सबै दिक्क भए र उसले अरुले आफ्नो स्वरबाट सबैलाई एकदमै रमाइलो दिई नचाउन उनी सफल भइन् । चुच्चेको गीत सुनेर लोखर्केले मज्जाले मादल पिट्न थाले भने भकुनेले गितार बजाउन थाले ।
उनीहरुको गीत सुनेर बाँकी सबै छम – छम गरी नाच्न अनि उनीहरु सँगसगैं गाउन पनि थाले । तर सबैजना खुशी भई रमाइरहेको देखेर नेप्टे चुच्चे उडेर रिसाउन पो थाले र केही नभनी ऊ आफ्नै घर पर्के । रात निकै छिपेको र चुच्चे खुशी भइ साथीलाई बिर्सी गई बसेकोले साह्रै रिसाएको नेप्टे अध्यारो मै अगि बढे । नाचगान सकिएपछि पो नेप्टेलाई नदेखेर चुच्चे अलमल्लमा परी र भोलिपल्ट घर र्फकदा नेप्टे आफुदेखि रिसाएको भनि थाहा पाए । उनले कति सम्झाए तर पनि नेप्टे सम्झनन् र झनै रिसाउन थाल्या । राम्रो बोलीका कारण चुच्चे सबैको मार पर्ने तर इख्याए र नमिठो बोलीले गर्दा नेप्टे भने कसैको मन नपर्ने चरो बन्न पुग्या । त्यसैले भाएबहिनीहरु हो, हामीले पनि चुच्चे अर्थात् कोइली चरीको जस्तै सुरिलो र मीठो बाली लनि सबैप्रति राम्रो व्यवहार गरि उनी जस्तै सबैको प्रिय बन्न् सक्नुपर्छ ।
