सफाइ नै औषधि हो याद राखौँ सदा
खानेबेला हातमुख राख्नुपर्छ सफा ।
खाने कुरा खानुपर्छ सबै खानेकुरा
अनि मिल्छ पढ्न खेल्न शक्ति पूरा-पूरा ।
समयमा खानुपर्छ स्वास्थ्यवर्द्धक खाना
सागपात फलफूल अनि अन्न दाना ।
म त्यो खान्छु म त्यो खान्न भन्नुहुन्न खाना
खानुपर्छ खानेकुरा दाना होस् कि चाना ।
खाने बेला बोल्न पनि हुन्न धेरै जाती
खाने बेला रिसाउन हुँदै हुन्न साथी ।
हाँसीखुसी खाऔँ साथी खानेकुरा सदा
नमीठो नि मीठो हुन्छ मिलिजुली खाँदा ।
पिरल्नु त हुँदै हुन्न आँसु काढी-काढी
सन्तोषले खानुपर्छ जे भएको बाँडी ।
