बेहुला आए बेहुली लिन, जन्ती आए किन ?
राजी खुशी भैसक्दा नि अरू छेक्छन् किन ?
मन मन्दिरमा बसी सकिन् उनी मेरै भैसक्दा नि
अझै पनि मण्डपमा सिन्दूर लिई धाउँछन् किन ?
उनको मेरो जीवनको फैसला भई सक्दा पनि
जीवन रथलाई टुटाउन अदालतमा नालिस किन ?
उनले मलाई देवता ठानिन् मैले उनलाई देवी
ईश्वर-ईश्वरबीचमा पनि अब भेदभाव किन ?
युद्ध अनि वार्ता जेसुकै गर्न तयार छ यो राम
हार निश्चित हुँदा पनि छल गर्न खोज्छन् किन ?
युवामञ्च २०६७ फागुन
