फागुन गयो चैत आयो, वनैभरि पातै भयो
असार गयो श्रावण आयो, सधैंभरि रात रातै भयो
मेघ उठ्यो मडारियो, डम्मै भयो आकाश सबै
चल्यो हूरी ढल्यो रुख, असिनाका खात खातै भयो
सिर्र सिर्र चले हावा, छायाँ परे बगैचामा
भँमराको लाग्यो ओइरो, मायालुका साथसाथै भयो
निख्य्रो रस उडे भँमरा, डाँडापारि पुगे घाम
रङ्गरउस गयो सारा, प्रेयसीका लात लातै भयो
रसैरसका सागरभित्र, डुबे कति जिन्दगी यो
पौडिएर गए कति, जीवन मात मातै भयो
युवामञ्च २०६७ फागुन
