रोशन थापा 'नीरव'

भिन्नता

  • by

अचेल कथाकारले जुन स्थिति भोग्नु परिरहेछ, त्यो स्थिति कुनै आख्यानभन्दा कम छैन । वरिष्ठदेखि कनिष्ठ आख्यानकारले पाए उसमाथि नै सामाजिक यथार्थवादी उपन्यास लेखिदिन बेर छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म अब भूमिका लेख्ने छैन

  • by

यो कुनै महावाणी वा सोसरहको आप्तवचन भने होइन तर पनि यसो भन्नाको कारण भने छ। के छ भनेर प्रश्न नगरिए पनि सोच्न भने सकिन्छ। यो एउटा सम्बन्धबाट प्राप्त निराशाको सुस्केरा हो। कसरी?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिमी को हौ ?

  • by

त्यहाँ बाटाको बीचैमा हूल छ । हूलमा सबैखाले युवक छन् । हातमा शस्त्रअस्त्र अर्थात् लठ्ठी, खुकुरी, फलामको सिक्री, डण्डी आदि लिएर उफ्रिरहेका छन् । त्यहाँबाट कोही पनि जान सकेका छैनन् र आउन पनि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथा त सानै हो, तर व्यथा …..?

  • by

अचम्म यसमा होइन सम्पादक महोदय, तपाईंले कथाकारसँग कथा माग्नुभएको छ, छोटो, मीठो र राम्रो । अब यस्ता खाले परिभाषामा कसले कति कथा लेखेको छन्, यो त मलाई थाहा भएन । हो, मेरा कथाकारले भने तपाईंले भने तपाईंको यस परिभाष्य कथामा अट्ने रचना लेखेका छैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्तर नेपाली साहित्यको

  • by

अचेल बेलाबेला जमघट, छापा वा केही सभा समारोहहरूमा उठ्ने गरेको प्रश्न हो- नेपाली साहित्यको स्तर कति र के कस्तो छ ? प्रश्न सरल र उत्तम छ, तर हेर्दा र गुन्दा भने त्यति नै हास्यास्पद र निरर्थक देखिन्छ, जति मान्छेको मूल्य पशुसँग दाँज्नु । यो तिक्तता होइन, यथार्थ हो । हामीले नेपाली साहित्यको स्तर दाँज्ने हो भने सर्वप्रथम त्यस्तो एउटा मापदण्ड तयार गर्नुपर्छ, जसबाट सजिलै साहित्यिक विधागत मूल्याङ्कन गर्न सकियोस् । त्यस्तो छैन भने यसको मापन कसरी गर्ने नेपाली साहित्यको स्तर कति छ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डेथ मिर्‍याकल

  • by

त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु पनि त्यति नै अनुचित थियो, जति नागरिकको भोको पेटका लागि अन्न होइन, पानी भए पुग्छ भन्ने आशय नेताले सम्प्रेषण गर्नु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रीमान्, यो प्रश्न बाँच्नुसँग सम्बन्धित छ

  • by

म श्रीमान्ले भनेजस्तै गरी बाँच्ने प्रयासमा रत छु ।

___

मैले साँच्चै जीवनमा गल्ती र चासोहीन भएर बाँच्ने क्रममा धेरै समयको निर्मम हत्या गरेको छु । मलाई लाग्थ्यो, यो बाँच्नु मेरो आफ्नो स्वत्व हो र हो भने मैले आफ्नो बाँच्नु आफ्नै ढङ्गले अधिकारसम्मत ममै निहितार्थ प्रवेश गराउनुपर्छ । यो सोचेर बाँचेको हुँ, श्रीमान्!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रश्नवत्

  • by

मलाई चिन्ता छैन । मैले कथा लेख्न सकिनँ वा मेरो कथा लेखिएन, यसबारे कुनै दुश्चिन्ता वा पीर छैन । मेरो भनाइको तात्पर्य यसरी लगाइयोस् भन्ने मेरो आग्रहसम्मत छ र कुरो के चाहिँ हो भने अचेल मेरा पात्रहरू क्षणक्षण समयसापेक्ष्ाित भएर बदलिने अन्य नागरिकभन्दा विपरीत निकै दुब्लाउने, झोक्राउने, निरास हुने, खुम्चिने, डराउने, भय बोक्ने आदि जस्ता देखिन थाले । चिन्ता यसमा छ भन्न खोजेको हुँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धराप

  • by

साँझसाँझ हुँदो हो, तर अँधेरो नै भइसकेको थिएन । ऊ अफिसबाट हो वा भट्टीबाट वा कुनै कथाबाट पो हो कि उछिट्टएिर आएको थियो, एक्लै हिँडेर आइरहेको थियो । गल्लीभित्र छिर्नुभन्दा ठ्याक्क अगाडिको मोडमा उसलाई टक्क रोकिनुपयो । कारण अरु थिएन । केही भारी वस्तु थियो, जुन उसले कुल्चेको हुनुपर्छ । यसैले खुट्टा एउटा लामो र अर्को छोटो भयो । केही नरम, केही लेसिलो र केही ठोस वस्तु उसले कुल्चेको जस्तो अनुभव गयो, तर के ? निक्र्यौल गर्न उसले भुँइमा, जहाँ आप\mनो खुट्टाले केही कुल्चेको वस्तु थियो, त्यहाँ हेयो । हेर्छ त…झसङ्ग… ऊ तस्र्यो । सुरुरु एकैछिनमा रगत रसाएर उम्रेजस्तो वा गल्ली वा सोसरहरुको दुलोबाट आएको झीरजस्तो सुइरे हावाले छोयो । अनि एक्कासि उसको मगजको कुनै केन्द्रमा कसैले साउती गरेर सङ्केत गर्‍यो- बम ! बम ? फोहरबम ! कालो प्लास्टिकले बाँधेर राखेको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्वगत

  • by

अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन

  • by

उपर्युक्त वाक्यांशको जालोमा ऊ यतिबेला परिरहेको थियो । निर्णय गर्न सक्यो वा सकेन, यो पछिको कुरा । यतिबेला केवल सोच्नु र पूरा गर्नुको अर्थले रुघाले पार्ने ग्रस्तझैँ ऊ भएको थियो ।

अगाडि लथालिङ्ग कपडाहरू थिए, जसले घर अभ्यस्त र बिग्रेको सङ्केत गर्दथे भने काखमा चारमहिने छोरी उँउँ गर्दै गुनासो गरेर सम्भवतः भोक लागेको वा अप्ठ्यारो परेको सङ्केतध्वनि उमार्दै थिई । यसबाट ऊ पूरापूर पारिवारिक हुनुको अर्थ निष्पत्ति हुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नाटक-मञ्चनका पात्रहरू

  • by

कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ ।
ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । निस्क“दा हातमा फाइल थियो- फाइल व्यक्तिगत तथ्याङ्कको । यसको अर्थ हुन जान्थ्यो, ऊ कतै काम खोज्न जा“दै थियो अर्थात् ऊ बेरोजगार थियो । लोकतन्त्रमा पनि बेरोजगारी – भएन त लोकतान्त्रिक प्रश्न – किन त -प्रश्न उठ्न सक्ने सम्भावित परविेशलाई सेट गर्दै कारण र यथार्थको खोजी यसरी गरिन्छ, महोदय !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •