दुई छाक भात पेटभरि खाका छैनन् हर्के दाइले
त्यसैकारण विजयको गीत गाका छैनन् हर्के दाइले
परिवारको बोझ अनि, साहुको शोषणले होला
अहिलेसम्म आङ् ढाक्ने, ला’का छैनन् हर्के दाइले
पढ्ने लेख्ने उमेरमा, साहुको ऋणले दासी बन्दा
कापीकलम कस्तो हुन्छ समा’का छैनन् हर्के दाइले
दिनैभरि शरीरसँग, पैसा साट्ने गरेकाले
जिन्दगीमा खुशी, था’पा’का छैनन् हर्के दाइले
तिम्रा लागि गर्छौं भन्दै, मत माग्नेको घुइँचो थियो
तर त्यसको कार्यान्वयन, पा’का छैनन् हर्के दाइले
युवामञ्च २०६७ फागुन
