आँखा हेरी
कुरा गर्यौँ ।
मुहार सम्झिई
निद्रा खायौँ ।
मन खोली
दिल साट्यौ ।
मुखै जोडी
मायाँ गर्यौँ ।
गीत मैले
प्रीत – लेखेँ ।
तिम्रो नाममा
पत्र लेखे ।
मेरो कुरा
तिम्रो भयो ।
तिम्रो कुरा
मेरो भयो ।
नहुन पर्ने
खेल भयो ।
हाम्रो मेल
व्यर्थ भयो ।
दुःख सुख
आफ्नै रै’छ ।
भाग्य कर्म
यस्तै रै’छ ।
युवामञ्च २०६७ फागुन
