युवामञ्च २०६७ असोज
यी !!! डीभी !
न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ!
“यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!”
भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र महिलामाथि सबैका आँखा थिए । एउटी खैरीले भनी “अ म्याड ओमन !”
सुनिताले झ्याल बाहिर हेरिन् ।
