Skip to content

सुरुमा ग्राहकलाई मुस्कान बेचिन्छ

  • by


सुरुमा ग्राहकलाई मुस्कान बेचिन्छ
मुनाफा नदिएपछि दोकान बेचिन्छ

खाली सिसी, पुराना कागज भन्नेलाई
किलोको हिसाबमा संविधान बेचिन्छ

यहाँ वेश्यालयहरूमा भन्दा बढी
सरकारी कार्यालयमा इमान बेचिन्छ

तपाईंहरूको टोलछिमेकमा पनि त
अचेल प्लास्टिकको भगवान् बेचिन्छ

देशले पनि वास्ता गर्न छाडेपछि
परदेशमा गएर जवान बेचिन्छ

युवामञ्च २०६७ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *