न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ!
“यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!”
भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र महिलामाथि सबैका आँखा थिए । एउटी खैरीले भनी “अ म्याड ओमन !”
सुनिताले झ्याल बाहिर हेरिन् ।
“आम्मै ! भाउजू त !!” उनले जिब्रो टोकिन ! “बिचरा ! दाइ पनि काममा गका होलान् ! हेर भाउजूको हरि विजोग ! होटलको काम छाडेर फर्केका दिनदेखि बिरामी भन्ने सुन्थे ! खुस्कीसकेछ, बिचरा !”
ब्ल्याङ्केट च्यापेर त्यतै कुदिन सुनिता । ब्ल्याङ्केटले छ्याप्प छोपिन् । तान्दै कोठमा ल्याइन । “ल, लुगा लाउनुस् !! के नाटक हो यो !!”
महिला चिच्याइन् “यी !! डीभी ! यी !! डीभी !”
“भाउजू, यसो नगर्नुहोस् न, दाजु काममा जानुभा छ क्यारे । तपाईंलाई चाँडै नेपाल लाने कुरा छ रे उहाँले भन्या । हेर्नुहोस्, नेपालीको आज कत्रो बेइज्जेत भयो । हामीजस्तो त होइन नि । काठमाडौँमा घर, गाडी, नोकरचाकर त्यत्रो ठूलो जागिर भएर पनि तपाईंहरूले दुःख बेसाउनु भो । अहिले यस्तो भयो । उपचारै गराउन पर्ने भएछ । म दाइलाई फोन गरेर बोलाइदिन्छु ।”
सुनिताका कुरालाई वास्तै नगरी उनी भने चिच्याइरहिन् “यी !! डीभी ! यी ! डीभी !”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *