लक्ष्य र उन्नति बिनाको जिन्दगी पनि के जिन्दगी ?
माया र पिरती बिनाको जिन्दगी पनि के जिन्दगी ?
गाण्डिवधारी अर्जुनले कुरू क्षेत्रमा टोलाएजस्तो
सङ्घर्ष र चुनौती बिनाको जिन्दगी पनि के जिन्दगी ?
घाम पानी पचाएर खुइलिइएको कोटजस्तो
एउटा झुत्रो पुरानो च्यातिएको नोटजस्तो
आफ्नै जीवन मानिसलाई कहिलेकाहीँ लाग्दो रै’छ
पात झरी बगरमा उभिएको बोटजस्तो
रातमा हुँदैन सूर्योदय भनेर चित्त बुझाएँ
एकनास हुँदैन समय भनेर चित्त बुझाएँ
यी पीडा र व्यथाहरू अरूका उपहार भए पनि
आफ्नै त हो यो हृदय भनेर चित्त बुझाएँ
आदर्श मार्ग नेपाल, नेपालगञ्ज
युवामञ्च २०६७ असोज
