घाम चोर्ने तिमीनै हौ, जून चोर्ने तिमी
गीत चोर्ने पैला पछि, धून चोर्ने तिमी
कैनी लान्न तिम्रो मैले भन्थ्यौ पैंलेपैले
छाम्छु आज भेट्टाउदिन आफ्नै मन मैले
गुन चोर्ने तिमी नै हौ, बैगुन चोर्ने तिमी
आँशु चोर्ने पैला पछि, खुन चोर्ने तिमी
हाकाहाकी भेट हुँदा तर्किएर हिँड्ने
यता मलाई देख्यो उता फर्किएर हिँड्ने
झुक्काएर नुनदेखि सुन चोर्ने तिमी
टहटह आकाशको जून चोर्ने तिमी
युवामञ्च २०६७ असोज
