लक्ष्मी गुरागाईं
समसामयिक विषयवस्तुका कथा
आस्थाको बगैंचा (कवितासङ्ग्रह), सडकसीमा (नाटक) र अँध्यारो भित्रको मान्छे (कथासङ्ग्रह ) पछि अनलाइन डट कम (कथासङ्ग्रह ) लिएर नेपाली साहित्यको आख्यान विधामा देखापरेका कथाकार राममणि ढुङ्गेल आफ्ना पूर्ववर्ति कथाकारहरूभन्दा पृथक् शैली, शिल्प र कथानक लिएर देखापरेका शिल्पी हुन् । आफ्नै समाजमा देखिने विकृति, विसंगति, भ्रष्टआचरण र विविध परिवेशका कटुतालाई कथाकारले यी कथाहरूमा जीवन प्रदान गरेका छन् ।
यी !!! डीभी !
न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ!
“यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!”
भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र महिलामाथि सबैका आँखा थिए । एउटी खैरीले भनी “अ म्याड ओमन !”
सुनिताले झ्याल बाहिर हेरिन् ।
घान्द्रुकमा रमाउँदाको क्षण
वरिपरि डाँडाकाँडाले घेरिएको उच्च पर्वतीय गाउँ घान्द्रुक एकातर्फ डाँडा भरिभरि लालीगुराँस फुलेर रमितलाग्दो देखिन्छ भने अर्कोतर्फ अन्नपूर्ण र धौलागिरि हिमालका श्रृङ्खलाले छरेको शोभाको अनुभूति हुन्छ । त्यहाँको हरियो वनजङ्गलको स्वच्छ प्राकृतिक सौन्दर्य,नागबेली बाटाहरूको दृश्यलाई कुन शब्दमा पो उतार्न सकिनेरहेछ र !
सम र उनको ‘आगो र पानी’
बालकृष्ण सम (वि.सं.१९५९- २०३८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले नेपाली कवितामा नयाँ विचार र दर्शनबाट मानव इतिहासको व्याख्या गरेका छन् । समले नेपाली साहित्यको नाटक विधामा सगरमाथाको शिखर चुमेका छन्, त्यसका अतिरिक्त उनका कथा, कविता, निबन्ध पनि बेजोड मानिन्छ । कलम र कुची दुवैमा सम बेजोड मानिने समको आफ्नै शैली र शिल्प परिष्कृत छ । आफ्नो सात दशकलामो साहित्यिक साधनाको यात्रामा उनी अविच्छिन्न बग्ने महानदी हुन् । उनका पद्य र गद्य नाटक, कविता,कथा, निबन्ध, खण्डकाव्य ‘आगो र पानी’ र महाकाव्य ‘चिसो चूल्हो’ का प्रवृत्तिका भावभूमिमा समका समग्र प्रवृत्तिलाई केलाइकुलाई गर्न सकिन्छ ।
प्रवासमा नेपाली भाषा साहित्यको सेवा
नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका सुधासागर -वि.सं.१९५५) हो । योभन्दा अगाडि नै प्रवासबाट नेपाली भाषामा पत्रिका प्रकाशन भएको इतिहास पाइन्छ । त्यसैले नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासको भूमिकालाई कम ठान्नु हुादैन । नेपाली भाषाको पुरानो नाम गोरखा भाषा भएकोले मोतीरामले बनारसबाट प्रकाशित गराएको पहिलो पत्रिकाको नाम गोरखा भारत जीवन -वि.सं. १९४८ तिर) राखेका हुन् ।
