Skip to content

छन्द कविता

कहाँ भोजराजा कहाँ गङ्गु तेली

कविताः

प्रभो माफ पाऊँ भयो भूल मेरो
थियो एक मेरै पुरानो कटेरो
गुमाएँ सबै झूटको खेल खेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

जहाँ जे छ मेरो त्यहाँ रम्नु पर्थ्यो
नपाकी नझारी कहाँ आँप झर्थ्यो
थियो एक झुप्रो र चाहें हबेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

भयो बोध ऐले ममा भाव छैनन्
विना भावका सिर्जना नै हुँदैनन्
कहाँ तेल होस् बालुवा मात्र पेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

म पो योग्य त्यो के म झैं हुन्छ भन्थें
नयाँ सिर्जना तुच्छ मात्रै म ठान्थें
कता सक्नु यो हातले सूर्य छेली
कहाँ भोज राजा कहाँ गङ्गु तेली ।।

बडो स्वार्थको जालमा जेलिएँछु

देशभक्ति – २

हामी देश विकासको चरणमा सारै पछौटे भयौं
अर्काको घरमा गएर उसका मात्रै भरौटे भयौं
हाम्रा पूर्वजका बनेर नमुना यो देशमै बढ्नु छ
टेक्तै पौरख पाइला सगरको माथा छिटै चढ्नु छ ।।१।।

गैन्ती झम्पल हात हात सबले बोकेर आई जुटौं
हामी देश र देशभक्तजनको सम्मानमा लौ उठौं
यौटा साँघु बनाई उच्च युगको यात्रा छिटै गर्नु छ
बाँझै छन् सब खेत खेत गहिरो जोतेर क्यै छर्नु छ ।।२।।

मैले अम्मरसिंहका पदहरू पछ्याउनै पाइनँ
जानाजान हुँदै गए त्रुटिहरू सच्याउनै पाइनँ
चाहन्थें अँझ उच्च नागरिकका उत्कृष्टताका दिन
मैले आत्मीय भाव यो मुलुकमा बीच्छ्याउनै पाइनँ ।।३।।

हाम्रा हात वलिष्ट छन् र अँझ छन् हाम्रा कडा पाखुरा

छयहत्तर सालको शुभकामना

शुखमय नयाँ वर्ष , कामना शुभ सालको,
छयहत्तर सालको, शुख शान्ति समृद्धिको l

शुभै हेरौँ शुभै बोलौँ ,शुभै सुनौँ सदै भरी ,
सत्य बोलौ नबोलौँ है ,असत्य त कसैगरी ।

छयहत्तर सालको शुभकामना

छयहत्तर सालको शुभकामना
ंंंंंंंंंंंंंंंं
शुखमय नयाँ वर्ष , कामना शुभ सालको,
छयहत्तर सालको, शुख शान्ति समृद्धिको l

शुभै हेरौँ शुभै बोलौँ ,शुभै सुनौँ सदै भरी ,
सत्य बोलौ नबोलौँ है ,असत्य त कसैगरी ।

प्रेक्षा गरौं नछाडी नि ,शिर पाउ शरीरको ,
दशै इन्द्रिय ज्ञानीहुन्, गरौं प्रेक्षा शरीरको ।

नाका छ-नाकको छिद्र, दक्षिणी वायु पावक ,
वाम वायु चिसो हुन्छ, मिलाई भर कुम्भक ।

पचहत्तरले ल्यायो, हवा हुरी बमण्डर,
पवित्र रस पीएर, मुख्यैको स्वर लर्बर ।

छन्दप्रेम

म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

नछोड मन छाडा नै, बाँधी राख कसेरै नि

आँखा देख्दछ कानैले कुरा सुन्दछ धेर नै।
नाक सुघेर छाला त, छोएर मुग्ध हुन्छ नै ।

जीभ्रो लठ्ठिन्छ स्वादैमा, मान्दैन यो भनेर त।
मन मालिक टेर्दैन, बुद्धिले नै भनेछ त ।

फागुन

छाती दुख्छ र वेदना अति भयो सम्झेर यो फागुन
माञ्छे मार्न लिएर बन्दुक तिनी यात्रा गरेको दिन
कस्तो क्रान्ति थियो विनाश जनको माटो बन्यो रक्तिम
काँप्यो मानवता र हल्लिन पुग्यो यो सृष्टि नै हर्दम।।

अमेरिकी यात्रा : संस्मरण

ह्युष्टनसम्म कारैमा , त्यहाँबाट त यानमा।
पुगी आकाश भित्रै ज,श्वेत बादलु साथमा।

ह्युष्टनबाट लस्भेगस् , पुगियो उत्रियो पनि ।
त्यो अक्तुबर सन् सत्र, एक तारिखमा अनि ।

पर्छ न्याय रेखा गनी

एउटै छाप त हुन्नन्है , रेखा सातै मिले पनि ।
निर्दोष हुन्छ मान्छे त , लागे पन्च खतै पनि।

आठ नै मिल्छ रेखा त , हो भने सत्य छापमा ।
कतै मिल्दैन विश्वमा, त्यो भन्दा कम बिन्दुमा ।

दिन्छ राय कुनैले त , चार-पाँच बुँदा छनि ।
जात मिल्छ एकै हो नि, सत्य लोप त्यहीँ छनि ।

एउटा जङ्गे चाहियो

ढुङ्गा पग्लिञ्छ होला खै तर माञ्छे नपग्लिने।
अर्काको भरमा बाँच्छ उहीँ झन् अँझ गर्जिने।।१।।
बाँडेर सपना फुस्रा बनायो मख्ख झञ्झन।
यौटा जङ्गे बनोस् छिट्टै हाम्रो देश बनाउन।।२।।

के याे गरेकाे भन?

हाँगा माथि बसेर फेद रूखकाे काट्नेहरू हाे सुन
कालाे हाे अथवा सफेद कुन हाे चिन्नै नचिन्ने सुन।
हाम्राे न्याय सुटुक्क बेखबर भाे खाेजे सबै ती कुना
लुट्छाै मात्र कि देश याे दिनदिनै या छन् कुनै याेजना?।।१।।

देशप्रेम

विशाल छाती हिम शैल हाँस्ने
मुनाल डाँफे वनभित्र नाँच्ने।
यहीँ छ रारा परिकल्पनाकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।१।।

गरा गरामा जब देख्छु माेती
हटेर चिन्ता अनि बल्छ ज्याेति।
सुगन्ध हाम्राे पर हाेस् पुगेकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।२।।

सत्ता महिमा

लाखौं लुटेरा अब लुट्न आए
ब्वाँसा हजारौं अझ सग्बगाए
बिच्छ्याउँदैछन् कि बुनेर जाल
यो देशको भो विकराल हाल ।।

सत्ता र भत्तातिर मात्र ध्यान
राख्नेहरूकै छ यहाँ बिहान
लुट्छन् सबै भ्रष्ट गनेर छाल
यो देशको भो विकराल हाल ।।

शुभकामना-२०१९

शुख शान्ति र सम्मृद्धि, ईस्बी उन्नाइसै भरि ।
वृद्धि होउस हजुर्को, धनादि भकारी भरी ।

लगानी-संचयै कोष, राष्ट्र सेवकको धन ।
पसिना असिना जस्तै, न विलाओस है भन।

उज्यालाे

छन्द:-भुजङ्गप्रयात
शीर्षक:- उज्यालो
नयाँ जाेशका साथ काेही त आओस्।
तराई हुँदै देशका शैल छामाेस्।।
सबै भीर पाखाहरू हाँस्न पाऊन्।
सधै हर्षले राष्ट्रकाे गीत गाऊन्।।१।।
——————–
कुनै भित्र कुण्ठा भएमा हटाऔ।
म हाेइन् सबै हाै दिलैमा फुलाऔ।।
कतै कष्ट देखे फुलाेस् प्यार वृक्षा ।
बनाेस् एकताकाे सबैमा सदिच्छा।।२।।
———————-
सधै गर्नु अल्छी कहीँ हुन्न हुन्न।
गरे आँँट बाधा सबै हुन्छ छिन्न।।
जुटाैं देशव्यापी बनाेस् देश हाम्राे।
बने देश हाम्राे सबै हुन्छ राम्राे।।३।
——————-
मधेसी,पहाडी सबै एक हामी।
नकाेराैं कुनै चित्र,रेखा नजाती।।

बिदेश

बिदेश
छन्द : भुजङ्गप्रयात
स्वदेशी पनाकाे यहाँ छैन माटाे।
न पाइन्छ बास्ना स्वदेशी धराकाे।।
न फुल्छन् वनैमा सुनाैला गुराँस ।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।१।।

न डाडा न पाखा सबै देख्छु सादा।
न अाफ्नाे पना छन् सुसाएँ इरादा।।
न पानी न वर्षा सबैछन् निराश।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।२।।

न डाँफे रमेकाे न क्वैली रमेकाे।
जता हेर्छु देखे निराशा बढेकाे।
न पाइन्छ झर्ना न देखे हिमाल।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।३।।

छ ताताे असाध्यै सबै छन् गलेका।
न देखे कुनै खाद्य अन्नै फलेका।।
बढेका बढैछन् कयौंमा हताशा।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।४।।

हिमाली धरा झै यहाँ के छ हेर्ने।

चाहिन्न केही अरू

चाहिन्न केही अरू
छन्द:-शार्दूलविक्रीडित
भ्रस्टाचार नहोस् कतै मुलुकमा सेता बनुन् ती धन।
आफ्नै पाैरखले उठाेस् मुलुक याे यस्मै सदा हाेस् मन।।
हाम्राे गाैरव हाेस्,बनाेस् मुलुक याे संकल्प बाेकाै बरू।
हाम्राे देश बनाेस्,फुलाेस् सहजले चाहिन्न केही अरू।।
…………………………………………………………
भाेकाे पेट नहाेस् मनुष्यहरू काे खाली नराखाै गरा।
आफै सक्षम बन्नु पर्छ अब लाै के ताक्नु काेही सदा।।
माटाे मै छ अनन्य शक्ति खजना लागाै न यस्मै बरू।
हाम्राे देश बनाेस्,फुलाेस् सहजले चाहिन्न केही अरू।।
………………………………………………………..