Skip to content

नछोड मन छाडा नै, बाँधी राख कसेरै नि


आँखा देख्दछ कानैले कुरा सुन्दछ धेर नै।
नाक सुघेर छाला त, छोएर मुग्ध हुन्छ नै ।

जीभ्रो लठ्ठिन्छ स्वादैमा, मान्दैन यो भनेर त।
मन मालिक टेर्दैन, बुद्धिले नै भनेछ त ।

झिंगा मर्छ डुबेरै त्यो, गुलियो महमा पनि ।
मृग मधुर घन्टीमा, जान्छ काल सँगै ज नि ।

अभक्ष स्वादले गर्दा, जीव मर्छ अकालमा।
त्वचा कोमल चाटेरै , बृद्धै नि पर्छ जेलमा।

नछोड मन छाडा नै, बाँधी राख कसेर नि ।
नियन्त्रण गरे स्वास, मन बाँधिन्छ त्यो पनि ।

प्राणायाम गरे नित्य, हुन्छ मन नियन्त्रण।
योगको बलले हट्छ, अशुभ सव लक्षण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *