Skip to content

छन्द कविता

माटो

माटो जीवन हो यहीँ महल छन् लाखौं यहीँ बस्दछन्।
माटो स्वर्ग समान दिव्य छ जहाँ मान्छे सधैं हाँस्दछन्।
माटोमै छ अनन्य शक्ति खजना सारा भए निर्भर।
माटोमै छ अमूल्य रत्न गहना फुल्छन् यहीँ जीवन।

जिन्दगानी

छन्द:-मालिनी
शीर्षक:-जिन्दगानी

अनवरत नदी झै बग्छ याे जिन्दगानी।
दुखसुख अनि यात्रा हाे सधै जिन्दगानी।।
छ लतपत मसीले केरकार् जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।१।।

कलकल जलकाे खाेला भयाे जिन्दगानी।
तप तप चुहिने थाेपा भयाे जिन्दगानी।।
चर चर गरि चर्केकाेछ याे जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।२।।

रनवन भरि फूल्ने फूल हाे जिन्दगानी।
गहभरि भरिएका अाँसु हाे जिन्दगानी।।
धिप धिप गरि बल्ने दीप हाे जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।३।।

रसमय कविताकाे छन्द हाे जिन्दगानी।
सुरमय लयकाे सङ्गीत हाे जिन्दगानी।।
प्रियजन सबकाे सत्प्रेम हो जिन्दगानी।

हिमाल

तम बिदाइ गरेर उषा तिमी
विहग गान गराउन उद्यमी ।
समय ध्यान र ज्ञान सुशिद्धिको
प्रकृतिका कृतिका क्षण वुझ्छ को ?।।१।।

वसन श्वेत विचित्र मुकूटमा
धरणिवक्ष विशाल कुचाग्र मा।
सुनहरा रविचक्षु विछ्याइदो
चपलता पलता मन आउँदो।।२।।

विश्वयोग-विपश्यना दिवस


विश्वयोग-विपश्यना दिवस

पार्वती शिव प्राचीन, नेपालको हिमालमा ।
घाम ताप्दै दुवै बन्मा, गोसाईँ कुण्ड छेउमा ।

योगको नै भयो चर्चा, पार्वती पनि उत्सुक ।
जति जीव रहेका छन् , योगमा सवै उत्सुक।

एकान्त पतिको साथ , तनमन समर्पण ।
योगको सुन्न थालिन्, रहस्यमय वर्णन ।

निदाइन् काखमा देवी , सुन्नत सकिनन् सवै ।
कुण्डको जलमा बस्ने , सुनेछ मत्स्यले सवै।

थालेछ गर्न अभ्यास , जीउले नमिले पनि।
पुच्छर माथि लग्दै छ, शीर्षासन गरौँ भनि ।

गरेको योग अभ्यास, सही सकस नै पनि।

रुप्से स्वास्थ्य केन्द्र

छ यो रुप्से पाल्पा गगन तल राम्रो भवन नै।
छ जग्गा पाँचै रोपनि समतलै ठाउँ वरपरै ।
हजुर्बाको-बा हो-छ त मरमरा बाट यसमा।
बसोबासै सर्दै अब म पनि पासै गरि दिएँ ।

जन्मभूमि सबकाे अब जागाै

जन्मभूमि सबकाे अब जागाै

स्वर्गकाे सकल झै घर हाम्रो।
शैलले भरिभराउ छ राम्रो।।
छन् कयाै हिम नदी अनि ताल।
जन्मभूमि सबकाे अब जाग।।१।।

फेर चित्त रिस राग नबाेकि ।
हेर देश सुख भाेग नहेरि।।
द्वेषका कण भए सब फालाै।
जन्मभूमि सबकाे अब जागाै।।२।।

रेतका बगरमा किन जाने?।
देशमै सँगसँगै बसि रम्ने।।
कर्मले प्रगतिका पथ राेजाै।
जन्मभूमि सबकाे अब जागाै।।३।।

व्यर्थ जीवन बन्याे रणभुल्ल।
दुःख संकट सधै अलमल्ल।।
शान्तिकाे मधुर दीप जलाअाै।
जन्मभूमि सबकाे अब जागाै।।४।।

वीरकाे रगतले सजिएकाे।
देशभक्त मनले छ फुलेकाे।।
छन् कयाै अगुण ती सब त्यागाै।
जन्मभूमि सबकाे अब जागाै।।५।।

मधुमेह

मधुमेह

लाग्छ राेग मधुमेह नजान्दा।
खानपान नबुझी सब खादा।।
नित्य जाे शुभ बिहान उठेर।
गर्छ याेग तब घट्छ खुलेर।।१।।

धेर इन्सुलिन भाे मधुमेह।
थाेर इन्सुलिन भाे मधुमेह।।
पेट डम्म झन भाे मधुमेह।
विश्व नै अब भयाे मधुमेह।।२।।

खानु हुन्न गुलियो सुन मित्र।
जिन्दगी छ रसिलाे बुझ भित्र।।
साग पात हरियाे तरकारी।
खानु पर्छ दिनहूँ सुन साथी ।।३।।

गल्छ देह अनि हुन्छ थकान।
नेत्र हुन्छ धमिलाे अब जान।।
गर्छ धेर मद पान यहाँ जाे।
भाेग्छ दुःख पिर राेग यहाँ त्याे।।४।।

प्राण घातक भयाे मधुमेह।
सुक्छ देह पल मै गरि छेद।।
राेग हाे रगतकाे मधुमेह।
छाेड त्याग न निका सब पेय।।५।।

मधुमेह

देशभित्र अति व्याप्त छ रोग
रोगले अझ बढाउँछ शोक
शोकमा मनुज यो अझ रुन्छ
रोगमुक्त कहिले अनि हुन्छ ।।

स्वादिलो र गुलियो अब धेर
खानुहुन्न ननिको छ भनेर
चेतना अफ फिरुन् सबलाई
स्वास्थ्यमाथि अनि हुन्छ भलाइ ।।

योग ध्यान अनि खान मिलेमा
स्वास्थ्य बन्छ, गतिलो नमिलेमा
स्वास्थ्य गिर्दछ यता तिर सोचौं
त्राहि त्राहि मधुमेह नरोजौं ।।
होम सुवेदी

बाल्यकालको दशैँ

बाल्यकालको दशैँ

दशैँ अायोभन्थे घर डहर बाटो सव तिरै।
सफाई गर्नै पर्छ भनिकन गाऊँ घर तिरै।
सवै जुट्ने गर्थे सकल नर नारी अघि सरी।
कुटो कोदालो साथ सव जन अल्छी त नगरी ।

कमेरोले भित्तो तलतिर त सेतो गरिकनै।
खनी रातो माँटो सवघर लिपी सुन्दर छ नै ।
सवैको पेटी आँगन डिल डिलै फूल तुलसी ।
सुनिन्छन् भुन् भुन् नै भमर पनि नाँच्दै छ पुतली।

पहेँलै बेलौती पनि छ लटरम्मै रुख भरी ।
झँटारोले हानी वरपर झरेका फल टिपी।
सवै केटा केटी खुशि खुशि रमाई तिनिहरू ।

प्रेम

प्रेम

प्रेम भनेको जीवन चक्र।
चल्छ सदा हाँस्दै रथ चक्र।।
हार नमानी दुःख र कष्ट।
घाम र पानी छ्ल्छ र बढ्छ।।१।।

आँसु र हाँसाेकाे पल याे हाे।
जीवन बाँच्ने एक कला हाे ।।
याे कविले लेख्ने कविता हाे।
याे मनले गर्ने रमिता हाे।।२।।

प्रेम बिनाको जीवन खस्रो।
हुन्छ सदा सुख्खा अनि फुस्रो।।
भाब बिनाको प्रेम छ फिक्का।
हुन्छ सदा खाेटाे रूप सिक्का।।३।।

मस्त भए काेही बुझि प्रेम।
ब्यस्त भए काेही गरि प्रेम।।
भोक र तिर्खा यी सब त्यागे।
प्रेम भनी आफ्नो मन मारे।।४।।

जीवनकाे याे हाे नव मार्ग।
खाेज्छ सधै प्याराे रस भाव।।
हाेस् सबमा न्यानाे अनुभूति ।
प्रेमिल भाका होस् सब सृष्टि।।५।।

दिदीकाे पुकार

बल्दैछन् झलमल्ल दीप घरमा मैले पुकारे तिमी।
आऊ भाइ छिटाे तिहार छ यहाँ हेर्दैछु बाटाे बसी।।
आँखा यी रसिला भएर म बसे साह्रै अँध्यारो भयाे।
मेरो यो मन भो अचेत अब ता याे देह थाक्दै गयाे।।१।।

फर्केर आऊ कसरी?

छन्द – मन्दाक्रान्ता
शीर्षक:- फर्केर आऊ कसरी?

आफ्नै माटाे मलजल गरी स्वेद धारा बगाऊँ।
हाँसी हाँसी हरदिन बसी देश याे गुन्गुनाऊँ।।
फर्की आऊ र इलम गराै साेच गर्दै म आऊ।
मेराे इच्छा हरदिन हुन्छ खै कसाेरी म आऊ।।१।।

भाेका नाङ्गा गरिब निमुखा काम गर्दै यतै छन्
साहूका छन् ऋण तन भरी ब्याज बाेकी यतै छन्।।
छैनन् बाटा ऋण धन दिने देशमा छैन शान्ति।
फर्की आऊ त घर कसरी चल्छ भन्ने छ फिक्री।।२।।

हाम्रो राम्रो मुलुक जगमा भित्र खोक्रो बनाए।
देखा देखी नजर अघि नै स्वाद मानेर खाए।।
साह्राे गाह्राे जति दुख भए ता युवा ब्यस्त ऐले।
हज्जारौं छन् घर पर युवा आइ के काम ऐले।।३।।

नयाँ नेपालमा

फकाई अरुका सन्तान्, लौरो हात थमाउन।
किताब कलमै फाली, लग्यौ बाटो हिनाउन।

बर्षायौ नि इँटा ढुंगा, थकित बटुवा किन ,
अघि कठै ! रगत्ताम्य, गर्यौ त्यस्तो तिमी किन ?

आत्माको आवाज

लगाउदै जीवन सत्य कर्ममा
पिएर ज्ञानामृत शुद्ध चित्तमा
नराख है दुर्मन जान्छ देह यो
लुकाउदै दीप तृतीय नेत्रको।

पिता र माता गुरु पुन्ज ज्ञानका
अपार आनन्द समाधि ध्यानका
भरिन्छ आँखा मनभित्र मानमा
वनेछ यो जीवन स्वार्थ नाममा

पैसा सबथाेक हाेइन

छन्द कबिता
शीर्षक:-पैसा सबथोक हाेइन

हिरा र मोती अनि द्रब्य सारा।
बेकार ती छन् किन लाग्छ प्यारा।।
अासक्त मान्छे किन हुन्छ ज्यादा।
के साथ लान्छन् जब देह मर्दा।।१।।
——————–
दया र माया सब लुप्त पारे।
छोडेर सारा मनदेखि भागे।
सुकर्म छाेड्दा मन डुल्छअन्त।
रूखाे छ बाेली मन झन् अशान्त।।२।।
——=————–
पैसा र पैसा सपना त्यही छ।
न भाेक तिर्खा बिपना त्यही छ।।
कर्तव्य के हाे सब बिर्सि दिन्छन्।
र धर्म के हाे नबुझेर बस्छन्।।३।।
——————
चाहिन्छ पैसा तर धेर होइन्।
जाेडेर थुप्राे अब चाहिदैन।।
निर्वाह हाेस् जीवनका सुमार्ग।

बडा दशैँको शुभकामना

आशीर्वाद भवानीको, हजुर्लाई छ अर्पण ।
सदा प्रगतिे होस् भन्दै, कामना शुभ अर्पण ।

विजया यो बडा दशैँ, ‘शुख शान्ति सम्रिद्धिको ।
मंगलमय हार्दिक, ‘शुभकामना सवैको ।