Skip to content

पर्छ न्याय रेखा गनी



पर्छ न्याय रेखा गनी

एकै औँठाको त हुन्न है, रेखा सातै मिले पनि ।
निर्दोष हुन्छ मान्छे त , लागे पन्च खतै पनि।

आठ नै मिल्नु है पर्छ , हो भने सद्दे छापमा ।
कतै मिल्दैन विश्वमा, त्यो भन्दा कम बिन्दुमा ।

दिन्छ राय कसैले त , पाँच बुँदा छ नै भनि ।
मिल्दैमा जात सद्दे नै, नहुन सक्छ त्यो पनि ।

बुझी तथ्य त सम्पूर्ण , पढी विज्ञान पुस्तक।
न्याय त पार्नु पर्दछ , अन्यथा त निरर्थक ।

सद्दे किर्ते बुझी पक्का, जाँच बुझ गरेर नै ।
गर्नु पक्का सही सत्य, अन्याय नपरोस्कुनै ।

पीडक बलियो हुन्छ, पीडित हुन्छ निर्बल।
प्रमाण संकलन् गर्न , छन् न्यायालय निर्भर।

तथ्य चक्र घुमेको छ, बहस छ अर्का तिर ।
हुन्न इन्साफ चिम्लेर, हेरौँ विज्ञान कै तिर ।

पीडितको अश्रुधारा, विष्णु मति र बाग्मती ।
नबग्ने न्याय पर्ने छ, गनी रेखा भए जति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *