शुखमय नयाँ वर्ष , कामना शुभ सालको,
छयहत्तर सालको, शुख शान्ति समृद्धिको l
शुभै हेरौँ शुभै बोलौँ ,शुभै सुनौँ सदै भरी ,
सत्य बोलौ नबोलौँ है ,असत्य त कसैगरी ।
प्रेक्षा गरौं नछाडी नि ,शिर पाउ शरीरको ,
दशै इन्द्रिय ज्ञानीहुन्, गरौं प्रेक्षा शरीरको ।
नाका छ-नाकको छिद्र, दक्षिणी वायु पावक ,
वाम वायु चिसो हुन्छ, मिलाई भर कुम्भक ।
पचहत्तरले ल्यायो, हवा हुरी बमण्डर,
पवित्र रस पीएर, मुख्यैको स्वर लर्बर ।
लक्ष डल्लर् अलक्षण, ह्रृष्ट र पुष्ट भक्षण,
मानव दानवै हुन्छ, देखिन्छ दानवै क्षण ।
सुस्केरा स्वर पीडाको, सुनियो जगतै भरी,
थर्कायो मुटु नै धेरै, बारा पर्सा हुरी सरी ।
पर्यो भ्वाड॰ ठुलै कालो, सूर्यमा पनि लौन है,
जन्म सिद्ध भए गिद्ध, अनिष्ठ अब हुन्छ है ।
वैदिक धर्ममा हाम्रो, बेथिति धेर नै भयो ,
पश्चिमी करण गर्दा, गाईको वंश नै गयो ।
अहिंसासित हिंसाले, भाग माग्दैछ लौ अब,
दोषी नै हुन्छ इन्साफी, यहाँ यस्तै छ नै सब ।
हिन्दु नेपाल राज्यै हो , हिन्दु नै रहने छ है,
मनले मात्र बोल्नेले , मुखले पनि बोल है ।
पर्दैन वर्ष नै क़ुर्न , दिन त शुभकामना ,
जहिले दिन जस्लाई , हुन्छ है शुभकामना ।
छय हत्तर साल हाम्रो ,शुख शान्ति सम्रिद्धिको ।
मांगलिक् शुभकामना, अर्पण पद्मराजको ।
