हर्षित मुद्रामा यात्रुहरू
याँन्त्रिक गन्तव्यको
सहारा लिएर उक्लन्छन
आकाशपारिको वादलमा
चिसा वतासका सिरेटो पिउदै
मुटुभरि बटुलेका रहर पोखाउन
अस्त ब्यस्त सहर
गगन चुम्बि घरको भीड
माँन्छेको लहरै लहर
रंगिन चाँदनी रात
साइनो गाँस्दै जुन र ताराको साथ
वनपाखा पखेरीमा सुसेली खेल्नेहरू
सुत्दैन्न कहिल्यै
ब्युझन्छन मध्य रात
चुरोटको खिल्लि उडाउदै
दिनरात भबिष्यका सपनाहरू
सजाउछन छाँतिमा
हिउँचुली झै अंगालोभरि-भरि
हजारौ हजार मार खेपेर
हजारौ हजार भार खेपेर
आफनो भाग्य आफै रेटेर !
