नहेप मलाई
नच्यात नटिप नफाल मलाई
म सानो छु तर संसार हराभरा सजाउछु
भिरमा फूल्छु
पाखा पखेरूमा पनि फूल्छु
जहाँ मन्दिर र चैत्य-गुम्बाहरू छ
म त्यहाँ पनि फूल्छु
जहाँ झोपडी र महलहरू छ
म त्यहाँ पनि सजिएर फूल्छु
कहिले काँही म
मरेको लास माथि श्रद्धांजलि भएर चढाईन्छु
कहिले काँही म
गित भएर मान्छेहरूको मन मन्दिरमा गाईन्छु
कहिले काँही म
हृदयको जालोहरूमा प्रेमको सौगात भएर अर्पिन्छु
नयाँ पालुवाहरूले रोक्दैन मलाई
नत बिदाइका दिनहरूले
मेरो अनुपस्थितिमा हुन्छ संसार अंध्यारो
मेरो अस्तित्व नभएको देशहरूमा
बन्छ माँन्छे सधै सधै अंध्यारो
आकाश नांगिन्दा म
घामको तापलाई सहेर बसेको छु
मेघ गर्जिएर वादल फाटिन्दा म
धर्तीको ओभानो काखमा झरी वर्षे झै खसेको छु
त्यसैले नहेप मलाई
नच्यात नटिप नफाल मलाई
तिमीहरू बाँचे जस्तै
म पनि बाँच्न चाहान्छु
तिमीहरूले संसार हेरे जस्तै
म पनि संसार हेर्न चाहन्छु ।

राम्रो छ ।
राम्रो छ ।
मिठो लाग्यो कविता
वगे जस्तो छ
मिठो लाग्यो कविता
वगे जस्तो छ सरिता
मन छोयो ! छोओस सबैको
कसै नलुटोस् फूलको अस्मीता ।
“thank u”
अति मिठो शब्दहरूमा comment गरीदिनु भएकोमा
Bhawana sis..हजुरलाई हृदयबाट नै धन्यवाद &
Same too -अर्घेलो थापा bro..!