डुंगा र माँटो


“१”
पुष्पहारले
सजिन्छन मन्दिर
नवयुग झै
कुन उपमा दिऊँ
मानवता कि मूर्ख

“२”
न छ जीवित
त्याग तपस्या धर्म
न त प्राण नै
कैदी जिन्दगी बाँच्ने
बेचियो मसला भै

“३”
बोल्दै बोल्दैन्न
ती देवी र देवता
निष्ठूरी मूर्ति
तै पनि धाउछन
पुण्य प्राप्तिकै लागि

“४”
आफू देवता
बन्दै बन्दैन मान्छे
डुंगा र माँटो !
कुंदेर उसैलाई
बनाउछ देवता !!

“५”
तव मलाई
दुख लाग्छ सधै नै
एउटै चिहान
अन्धो मान्छे बनेर
हजारौ निदाउदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *