Skip to content


उदाउने घाम बन्न सकिन
ओइलाई जाने फूल झै झरें !

लजाउने बानी सम्झिन्दा
अतितमै एकपल भूल भै मरे !!

जब गृहयुद्धको चपेटामा मेरो देश नांगिएर रोइरहेको अवस्था हो, जता-ततै डर धम्की र त्रासदी वातावरण, ऊ मर्यो त्यो मर्यो फल्ना भर्ती भयो । लुटपाटको चर्तिकला, ठाउ-ठाउमा गरिमामय संरचना भत्कियो, कहिले काहीँ रेडियोको तरंगित आवाजसँगै तर्सिन्थ्यो यो मन के सुनिएन र अनेक अलंकार सुनियो । कोही भिखारी भए कोही सन्यासी त कोही बलात्कृत भए । साँच्चै भयंकर डरलाग्दो घटनाले सताउथ्यो । लाग्छ मलाई म केवल १७ – १८ को बैंसालु मातमा थिए ।

समय भनु या भाग्य ! प्रवेशिका परीक्षाको नतिजासँगै शहरी क्याम्पममा भर्ना गर्ने निणय गरे । सोही अनुरूप ती मनोहर पर्कृतिको छट्टा कंचनजंग्घाको हसिलो हिउँको मुहारलाई यो छाँतीमा सजाउदै ती हरियाली गुराँसको फेदीमा लुकामारी खेलेको ताजा तीर्सनालाई मन भित्र भित्रै चुम्दै प्यारो गाउलाई दुई हातले बिदाइ दिंदै शहर तर्फको यात्रामा लागे । दुई दिन लगाई बसबाट राजधानी छिरे । सबैको लागि कर्म थलो रे भनेको सुन्थे तर सुन्नमा गल्ती भएछ मलाई । जब आफनै आँखाले शहरलाई नियाँले तब दुःख लागेर आयो मलाई । के थिएन सब थोक भेटाए गल्लीमा भुक्ने कुकुर, सडकको पेटीमा जीबिका पार्जन गर्दै निदाउने मान्छे, सम्पतीको धमासमा भट्टीपसलमै मात्तिएर नशामा पागल जस्तै हुने मान्छे । सुनसान थिएन ती गल्ली ती सडक र महलहरू यस्तो बिजोक हालत थियो । मान्छे त बिग्रियो -बिग्रियो पवित्र आँमाको काख नै गन्हाउने भयो । हो वास्तविक्ता यही नै थियो । मेरो लागि त दैव थलो नै हुन गयो । कसरी बाँचे होला त्यो शहरमा अनि कसरी बाँचेन होलान ती शहरका सालिन मान्छेहरू । न काम छ न त माम आफनै भाग्यलाई धिकारर्दै बस्नुसम्म बसे के खांए के लाए त्यो त मलाई र मेरो पापी भगवानलाई नै थाहा छ । जे होस जसो तसो १ साल शहरीया जिन्दगी मैं बित्यो, बिताएँ ।

धेरै लामो समय पछि कता-कता मेरो मन बिझाउन थाल्यो, चुस्स चुस्स हिउँ र वतास विनाको सिरेटोले खुम्चियाएर चिस्याउन थल्यो । सपनीमा कहिले विपनीमा घरको यादले सताउनु सतायो मलाई । केही दिनलाई घर फर्कने योजना बनाए समय मिलाई टिकट काटी घर फर्कने गन्तव्यमा मोडिए म … ।

बस नि रात्री सेवाको यात्रा लामो झण्डै दुई दिन लाग्ने । हंसिलो अनि घर जाने खुशियालिरहरसँगै बाटो तताएँ । रात्री बसको प्रस्थान समय अनुकूल त्यो बसमा आधुनिक गीत घन्कन्थ्यो अलि- अलि सम्झाना छ मलाई । चर्चित गायक राम कृष्ण ढकालजी को गीत अनि स्वर घन्कन्थ्यो ।

कहाँबाट जिन्दगीले ल्यायो यहाँसम्म भोलि बास कहाँ हुने हो कस्ले सक्छ भन्न ? समय समयमा गीत संगीत बदलन्थ्यो थोरै थोरै याद भए जस्तो लाग्छ मलाई चर्चित गायक यम वरालजी को स्वर हातैमा जे धुलो झरेपछि त्यै सुनको फूल हराएकै माया ठूलो खै कस्को भूल, दिलमाया दिलमाया खै कस्को भूल … यी गीतका शब्दहरूले यात्रीहरू माँझ सायद सबैलाई नै मुटु छुन्थ्यो होला तर अलि बेसि चाँही मलाई नै छोए झै भान हुन्थ्यो हुने गर्दथ्यो । गीतको भाका संगीतको सम्योजन अँझ मिठास आवाज ।

चसक्कै मन छुन्थ्यो, रून मन लाग्थ्यो मलाई । तर के गर्नु म रोएँ यात्रुहरू माँझमा म हाँस्य पात्रको लाएक हुन्थे । पीर व्यथा मन मैं संगाली झर्न लागेका मोती दानाहरू यी हातहरूले पर्खाल झै छेकी दिन्थे बास मन रोएँ नि थामिन्थ्यो । यात्राको दौरानमा केही नास्तापानी गर्ने यात्रु बाहक बसहरूको लामसँगै म चडेको बस पनि नास्तापानी गर्ने योजना भयो । हामी सबै यात्रीहरू उत्रियौ १० मिनेटको बिश्राम आन्नदसँग मिठा- मिठा नास्तापान गर्दै यात्रा प्रस्थान गर्ने समय नि भयो । जब म आफनो सिट तर्फ लम्किए अकस्मात एक जना अपरिचित युवतीसँग मेरो शीर ठोकिन्न पुग्यो । गाला रातोपिरो त भै गो रीस नि जुरमुराएर कन्सिरी तात्तियो वस आफनै मनलाई सम्हाल्न पुगे उन्ले नि मलाई मुसुक्क हाँसी गल्तीको महसूस गर्दै शीर निहुराइन । यस्तै क्रममा म आफनै मनमा मन-मनै अनगिन्ती सपना सजाउदै, अनेकौ कुराहरू खेलाउदै सिटमा बसें उनी पनि मेरै सिटको विपरित दिशाको टिकट सिटमा रहेछ । अघि शीर ठोक्किएको झोक्कामा त्यति नियाल्ने प्रयत्न गरीन । सिटकै नजिक भएको हुनाले यसो छड्के नजर लगाई हेर्ने प्रयाससम्म गरे उनले नि मलाई घरी-घरी हेर्दिरहिछिन । अब मलाई आभाष हुन पुग्यो । साँच्चै म के भनु फुल भनु कि जुन भनु कुन उपमा दिउ ब्यान गर्नै सक्दिन । आकाशकी चाँदनी स्वरर्गकी परी नि त्यति सुन्दरी छैन, थिएन होला सायद अलि अलि याद छ अँझै मलाई ।

ती मधुमासमा चम्किएकी सुवासीली युवती प्रति मेरो मन झुक्न थाल्यो क्षण क्षणमा नै मायाको अंकुसे काँडाले ढुकढुकी ढुकढुक गर्दै घण्टा मिनेट सेकेण्ड भन्नै छाडदियो । व्यथाले मुटु दुख्न थाल्यो पल पलमा मन धडकिन थाल्यो छाँती चरक-चरक चर्किए झै गरी आगोको रापले पोले जस्तै पोल्न थाल्यो, कति दुख्यो कति पीडा भयो । म कसरी ब्यान गरू मलाईभन्दा नि मायाको मोहमा डुब्नेलाई थाहा होला ।

माया के हो ?

आगो हो कि पानी हो ! म त्यही भिखारी भए कहिले आगो जस्तै कहिले पानी जस्तै सलबलाउने । जल्ने अनि डुब्ने । मलाई मात्र त्यो ब्यथाले साताएको कि उनलाई पनि ।
नसालु आँखाले उनी प्रति नजर लाँए आखिर उनलाई पनि मायाको रोग लागेछ । (प्रत्येक क्षण-क्षणमा म प्रति उनको चेहरा ऐना झै झ- झल्किन्थ्यो)

हामी सयौ यात्री माँझ केवल पारदर्शी हावाको पर्खालले छेक्ने गर्दथ्यो । उनलाई बोलाउने साहस म माँ थिएन । म माँ नहुने बिष एउटै थियो,”लजालु” म लजालु स्वभावमा जन्मिए, हुर्किए आखिर भरमाईलो यौवनको प्याससम्ममा नि छाडेन ।

कति गरे प्रयास बाहिरी स्वरूप बोल्न सकेन, लजालु केवल भित्रि मन बोल्थ्यो नजरको सामु नजर मात्र झुक्थ्यो । सम्झन्छु अँझै नि त्यो क्षण त्यो दिन त्यो समय मेरो लागि नर्कटको झ्यांग जस्तै झाडीले सताएको नर्क थियो । बोलाउन सकिन यही मेरो दुर्भाग्य त्यो पल सम्झन्दा अँझै नयन भरी आँसुका थोपा थोपा पिएर रून मन लाग्छ मलाई । कस्तो अभागी भाग्य रहेछ मेरो भाग्यशाली भन्न लाज – लाज लाग्छ मलाई अभाग्यशाली, अभागी भन्नु नै बेस होला बरू ।

हा-हा-हा अँझै मलाई लाज शब्दले छोडेन । काल भनु या महाकाल यो शब्द नबनिएकै बेस हुन्थ्यो बरू घृणा लाग्छ मलाई यही (लाज, लजालु) शब्दले आजसम्म रोगी भए म । जोगी भए म … !

त्यही शिलसिलामा मध्य रातको भोजन ग्रहण गर्ने समय नि भो हामी फेरि सबै उत्रियौ । खाना लिई मेचमा बंसे आफनो साथी, दिदी र आँमासँग नबसी उनी पनि मेरै सामु छ्येउ कै मेचमा बसिन त्यो कस्तो माया हो,यो कस्तो ब्यथा हो ।

हे ! भगवान हे प्रभू !!

बोल्न नसक्ने छाँती भने धुजा धुजा हुनेगरी पोल्ने ।

जे भएता पनि भोजनलाई अन्थ्येष्टि गर्दै हामी फेरि यात्रामा लाग्यौ । मध्य रात भएको हुनाले सबै यात्रीहरू दिनभरीको यात्राले थकित भै भुसुक्कै निदाउने पुगे, कोही सपनाको संसारमा त कोही भने मायालुको काखमा । मलाई भने निदकी परीले सताउनै छाडीन त्यो सुनसान अनि अंधेरीरात मेचमा कोल्टे फर्किन्दै यता उता ज्यानलाई आराम दिन खोज्छु । तर अहुँ ! केही गरे नि सन्चो हुदै हुदैन घरी घरी उन्कै यादले पिरोलिरहन्थ्यो । उनी पनि छ्येउ कै मेचमा थिइन । उन्को मुहार एक पटक मात्र कहाँ हो र … गन्ने हो भने सयौ बार हेरे होला । उनी पनि निदाउन सकिन्न पल पल मलाई नै हेरी बोलाउन खोज्थिन शब्द फुटदैन थियो । अकस्मात मलाई भान हुनेगर्दथ्यो आफन्तको कारण सायद मसँग बोल्न नसकेकी हुन कि जस्तो लाग्दथ्यो । गल्ती त मेरै हो पुरूषको जातमा भएर पनि एउटा लाचार व्यक्तित्वको भूमिका निर्बाह गरे । निर्दोष अनि चोखो मायालाई पहिचान गर्न सकिन पस्चातापले संधै पिरोलिरहन्छ नपिरोलियोस पनि कसरी … !

हुदा हुदै रात्रीकालिन यात्रा विलाउदै गयो बसको पर्दा हटाई झ्याल खोलेर हेरे । अनि सुन्दर विहानीको लाली उषाको किरण झुल्के घामको पहिलो पाईला मेरो पीडित शरीर भरी उजेलीले छर्कियो । त्यही शिलसिलामा दोबाटोको बस बिसौनी मेरो गन्तव्य अँझै टुंगिएको थिएन ।

म बसबाट उत्रिए,भएको सामानहरू सबै झारे यात्राको मोड अर्कै थियो । हिडनलाई दुई पाईला मात्र के सारेको थिए, उनी पनि आफनो मेचबाट उत्रि आई म भा नजिकै आइन अनि मलाई एक टकले आँखा झिमिक्क नपारी हेरिरहिन उनको त्यो निर्दोष हेराईमा अबोध माया छिपेको थियो । रून चाहान्थिन उनी भक्कानो फुटाएर । मात्र एक शब्द बोलिदिए पुग्थ्यो होला । हे ! भगवान हे ! ईश्वर अहिले पश्चतापी मनले सम्झन्छु खुला हृदयले आई अंगालोमा बाँधेर जुनी भरी भरी साथ दिन्थिन होला । दुर्भाग्य मेरो न बोलाउन सकें न त नाउ, ठाउँ, ठेगाना नै सोध्न सके । थुक्का जिन्दगी धिकार छ मलाई … !

भाग्य रेखामा रहेनछ उनकै
अनमोल मोती झै माया प्रीत ।

जिन्दगीमा संधै हार मात्र खाएँ
हुनसकेन कहिल्यै मेरो जित ।

अनि अन्त्यमा हामी यही गीत संगीत कै आधारमा मुटु दुखे नि माया बसे नि छुटियौ । त्यो गीत अनि स्वर थियो चर्चित गायक राम कृष्ण ढकालजी को जिन्दगीले यसरी धोखा दियौ कि भाग्या आफूनो हो ओ बुझनै सकिन … !!

उनी फेरि त्यही बस चडेर अन्तै आफनै गन्तव्यमा मोडिन म पनि आफनै गन्तव्य तर्फ मोडिए । हामी छुट्टिएको स्थानमा लामो यात्राले रूप लिन्दा मुटु झसँग हुने गर्दथ्यो अनि त्यही अधुरो मायाको झ-झल्कोले सताउने गर्दथ्यो मलाई । उनलाई पनि सायद सताउथ्यो होला । भाग्य रेखामा रहेनछ उनको प्रीत आजसम्म पनि सम्झाना आउछ बिर्सन सक्दिन । मुटु दुख्छ, भक्कानो फुटेर आउछ ।

त्यो दिन त्यो रात मेरो लागि आँदीबेहरी जस्तै भो ।

म केही क्षण केही समयसम्म पागल भए आवरा पागल जस्तै बने … जब होसमा आउदा त झण्डै एक सालले कोल्टे फेरेछ मलाई … ।

फेरि म आफनै दिगन्त यात्री जिन्दगीको मोडमा हिडे, हिडिरहे,हिडेकै छु उनको हालत के भयो मलाई केही थाहा छैन । वेपत्ता कै संज्ञा दिन्छु । जे होस अँझैसम्म त उनी बाँचेकी नै होलिन अधुरो प्रेम भए नि उनको जिन्दगी शुःखले बितोस ।

दुःखले कहिले नि नसताओस यही छ मेरो कामना म रहेनी नरहेसम्म नि जुनी जुनीसम्म … !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *