आऊ न तिमी सँधै अंगालोमा मनको कुरा बोकेर
हाँसी खेली बिताऊँ कि दुई दिने जिन्दगीलाई पोखेर
कति राम्रो मुहार तिम्रो त्यो शिरको फूल सिउरेर
आफूनो घुम्टो आफै हटाई हेर्छयौ आँखा झिम्केर
दिने भए दिईहाल ज्यानको बाजी ज्यानलाई जोखेर
हाँसी खेली बिताऊँ कि …
कलकलाउदो बैंश तिम्रो देखाई लौन मार्यौ भुतुक्कै
पंचेबाजा ठोकी डोली लिएर आऊँ कि भन है सुटुक्कै
लौन माया लाइदिऊँ क्यारे दुईटा मुटु एउटै जोडेर
हाँसी खेली बिताऊँ कि …
