Skip to content

देश बनाउने हामी युवा


देश बनाउने हामी युवा
विदेशतिर लागेपछि,
केको बन्थ्यो नयाँ नेपाल
देशै छाडी भागेपछि !

बुझ्नुपर्छ अब हामीले
गर्नुपर्छ आफ्नै देशमा,
केको फेर्थ्यो देशले मुहार
अरुको मुख ताकेपछि !!

फर्कौ,जुटौं आफ्नै देशमा
गर्नु पर्छ सबै मिली,
देश र जनतालाई भलो हुन्न
पूर्वग्राही राखेपछि !!!

खाने आशा राख्नै हुन्न
बोटमै केरा पाकेपछि,
फुलाउन र फलाउनलाई
अरुकै मुख ताकेपछि !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *