Skip to content


सोह्रै सिंगार चिट्टिक परी
घुम्टोले मुख छोपी,
जाँदै छौ प्रिय पराइसँग
यो दिलमा तीर रोपी ।

हेरेर बस्नु बाध्यता मेरो मन
टुटेर जाँदा नि,
सहनु पर्दोरहेछ मुटु
कसैले लाँदा नि ।

अवश्य त्यो दिन, रुने छ यो मन
तै पनि फकाउँछु,
खुशी लिन गयौ, छिट्टै आउँछ्यौ भनी
आफैंलाई छक्याउँछु ।

यस्तै त रहेछ भावीको लेख
तिमीले नि मन बुझाऊ,
अतितको कुरा सम्झेर प्रिय
परेली नरुजाउ ।

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *