दु:खमाझ हुर्कें बढें
त्यसरी नै पढें,
कदर भएन योग्यताको
बिदेशतिर हिडें ।
सोचे जस्तो कहाँ रहेछ र?
यो दूर देशमा,
रातको निद, दिनको भोक
भुली खट्नु खटें ।।
गर्मी भनौं आगो भुल्छ
डढ्नुसम्म डढें,
कयौंपल्ट बिहोस भै
कार्य क्षेत्रमै लढे ।
राजेश रुम्बा लामा “अतृप्त्”
