नभुल्नु है प्रिय तिमी, कसैको बातमा
जे नि हुन सक्छ हेर, बैंशको उन्मातमा !
मनमा अनेक कुरा खेल्छ, थाहा छैन आफैंलाई
तिम्रै यादमा छटपटिन्छु, हरेक-हरेक रातमा !
नभुल्नु है प्रिय तिमी, कसैको बातमा
पहिले आँखा देखिन्न, पछि हामी पछुताउँछौँ,
त्यसैले होसियार रहनु तिमी, परौली घातमा !
नभुल्नु है प्रिय तिमी, कसैको बातमा
कसैको छैन विश्वास यहाँ, सबले गर्छन देखावटी माया
फूल देखाई बिष थमाउलान, तिम्रो हातमा !
नभुल्नु है प्रिय तिमी, कसैको बातमा
राजेश रुम्बा लामा “अतृप्त”
