Skip to content

चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला..

“गीत”
———
तिम्रो शब्द मेरो सङ्गीत्,हामी दुबै गाउलाँ
संङ्गीतको दुनियाँमा हामी दुबै छाउँला
““““““““““““““““““““`
झुम्ने छन् सारा दर्शक्,सुन्ने स्रोता दङ्ग
सबै मिली भरौलाँ है,सङ्गीतमा रङ्ग
चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला
संङ्गीतको दुनियाँमा हामी दुबै छाउँला
“““““““““““““““““““““
यस्तो शब्द कोर तिमी,मेचि-कोशि अटाओस
हामीले गाउँदा तराई पहाड,हिमाल शिखर चढोस
तराई पहाड,हिमाल संग मिठो प्रित लाउँला
संङ्गीतको दुनियाँमा हामी दुबै छाउँला
““““““““““““““““““““““
तिम्रो शब्द मेरो सङ्गीत्,हामी दुबै गाउलाँ
संङ्गीतको दुनियाँमा हामी दुबै छाउँला

.>राजेश रुम्बा लामा “अतृप्त”
०५-०८-२०११

1 thought on “चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला..”

  1. राजेश रुम्बा लामाज्यू
    राजेशजी, कृपया रचनाहरू राख्ता यी कुरामा ध्यान दिनुहुन्छ कि?

    यो रचनाको बिधा ‘गीत’ हैन कि, ‘गीति कविता’मा फेर्नुहोला । मझेरीमा ‘गीत’को परिभाषा संगीतबद्ध र स्वरबद्ध भैसकेकाहरूलाई ‘गीत’को शीर्षकमा राखिएको छ । यदि तपाईंको यस रचना गीतको रूपमा संगीतबद्ध भैसकेको भए, कुन किसिमको गीत हो, उपबिधा (आधुनिक, लोक, स्वदेश, आदि) खुलाउनुहोस् । मूख्यबिधाको ‘गीत’ प्रयोग नगर्नुहोस् ।

    यतिञ्जेल तपाईंकै र अरू लेखकको गरी हजारौं रचनाहरू प्रकाशित भैसकेका छन् । कृपया एक पटक तिनीहरूको बनोट हेरेर पोस्ट गर्दा ती नियम पालन गर्नुहुन्छ कि! भन्न खोजेको कुरा, “Show in Summary”को चेक आदि, शीर्षकको बनोट, अनि विशेष चिन्हहरू (-,~,`, आदि)को प्रयोग कसरी गरिएको छ, हेर्नुहुन्छ कि । म आफैंले तपाईंको धेरै रचनाहरू सम्पादन गरेको छु, अर्को पटक पोस्ट गर्दा सम्पादित रचनाको बनोट हेरेर पोस्ट गर्न अनुरोध छ ।

    मझेरीमा सकृय सहभागिताको लागि धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *