Skip to content

तिम्रै निम्ति बर्षिदिन्थें, अङ्ग अङ्ग चुम्न


तिमीले पाइला चाल्दा टेक्ने, बाटो बन्न पाओस
तिमी फुल्ने मझेरीको, माटो बन्न पाओस

सुवास मलाई चाहिन्न भो, तिमी फुलेदेखि
शिशिरयाममा शित बोकी, तिमी झुलेदेखि

ढकमक्क तिमी फुल्या, मैले देख्न पाओस
तिम्रै शब्द गीतमा उनी, मैले लेख्न पाओस

खडेरीमा बादल बन्थें, निलो गगन घुम्न
तिम्रै निम्ति बर्षिदिन्थें, अङ्ग अङ्ग चुम्न

तिम्रो पाइला चाल्ने टेक्ने, बाटो बन्न पाओस
तिमी फुल्ने मझेरीको, माटो बन्न पाओस

राजेश रुम्बा लामा “अतृप्त”
२१-०८-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *