शब्दै पिच्छे मुटु घोच्ने
कस्तो माया लाएछु मैले,
मेरै आँशु देख्न चाहने
कस्तो माया पाएछु मैले ।
उसकै खुशी चाहन्थे म
बरु आफैं रुन्थे,
उसलाई क्षितिज पुर्याउनलाई
आफै पछि हुन्थे ।
सानु खुशी पाउँदा पनि
उसलाई दिऊँ झैं लाग्थ्यो,
उसको सारा पिर ब्यथा
आफै लिऊँ झैं लाग्थ्यो
राजेश रुम्बा लामा “अतृप्त”
