Skip to content

गोरी नेप्टी हेर्दै डल्ली

सुनको जून् शिरमा लाउँछिन्, नाकमा सूर्य लाउँछिन्
बस्छिन् उनी धनकुटामा, कहिले धरान धाउँछिन्

गोरी नेप्टी हेर्दै डल्ली, साह्रै मनकी खानी
देख्ने सबले ठान्छन् होला, मेरै मनकी रानी
म नि देख्छु सपनीमा, उनी पनि आउँछिन्
बस्छिन् उनी धनकुटामा, कहिले धरान धाउँछिन्

कानै छिन्ला जस्तो सुनफूल्, गला हेरे उस्तै
हेरिरहुँ झै हिडाई उनको, लाग्छ मयुर् जस्तै
बोल्न डर लिन्न कत्ति, सिधै नजर् लाउँछिन्
बस्छिन् उनी धनकुटामा कहिले धरान धाउँछिन्!!

सुनको जून् शिरमा लाउँछिन्, नाकमा सूर्य लाउँछिन्
बस्छिन् उनी धनकुटामा, कहिले धरान धाउँछिन्

राजेश रुम्बा लामा “अतृप्त”
०८-०८-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *