अन्यया,दमन साहना छाडी,उठ अब चेली

“गीत”
ओइलिएको पात झैं पारि,जिबन नसुकाउ
जित्नु पर्छ तिमीले संसार,सिर नझुकाउ /
~~~~~~~~~~~~~~~~~~~~~~~~
अन्यया,दमन साहना छाडी,उठ अब चेली
ल्याउनु पर्छ सुनौलो दिन,जुट अब चेली
घन्काउ नारा समानताको,मनमा नलुकाउ
जित्नु पर्छ तिमीले संसार ,सिर नझुकाउ //
~~~~~~~~~~~~~~~~~~~~~~~~
दास प्रथाको अन्त्य गर्न,तिमी जाग्नु छ
तिमीलाई रोक्ने चार पर्खाल,तिमीले नाग्नु छ
अघि बढदै,लड्नु चेली,मौका नचुकाउ
जित्नु पर्छ तिमीले संसार,सिर नझुकाउ //
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
ओइलिएको पात झैं पारि,जिबन नसुकाउ
जित्नु पर्छ तिमीले संसार,सिर नझुकाउ ……
———————————
>:राजेश रुम्बा लामा “अतृप्त”
१५-०८-२०११

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *