Skip to content

Biju Subedi

2)10 Years Extra Job Experience of Journalism :-  Columnist: 4 years, Annapurna Post National daily continue daily column writing From AP's main distribution department R.B.Newspaper Traders, Basantapur, Kathmandu. Reporting in Nepali also from Kathmandu District. (2058 Chait 1 to 2062 Chait 23) 14th March 2002 to 5th April 2006.  Columnist: 6 years, Amlekh National Weekly, Mangalbazar, Lalitpur. News paper, weekly column writing & ancient stories writing in Nepali for starting to Ending of this publication. (2064.04.07 to 2070.09.22) 23th July 2007 to 6th Jan 2014.  Columnist: 1 year, experience in Online Patrika Daily From Online Patrika Media House, Lalitpur district, Manbhaban. 2072.02.02 to 2073.02.01 {16th may 2015 to 1st May 2016}  Article writing: Individual approximately 200 article writing in various National daily newspaper of Nepal From 2059 to now.  Literature writing in Online: 15 Years period approximately 300 literature(stories, poems & Articles) posted in Majheri dot com. Mostly stories are written till now. 7 years period approximately 150(stories, poems & Articles) literature posted in Pallava dot com mostly poems written till now.  Blog Writing: Having amassed over 1500 engaging posts on WordPress.com and Blogspot.com since 2059, both of my blogs have consistently attracted a dedicated audience of over 100,000 viewers and..counting. 4) 11 Books Written as Author Biju Subedi Bijay S.N. Book Name Publisher Book Category Published Date 1 Chandako Siddhanta Biju Subedi Bijay Short Epic (Literature) 2065-01-11 2 Laotseko chautisaun Prabachan Prabhat Pustak Sadan Holy Speeches of Tao 2066-04-21 3 Akampa Chaitanya Nai Dhyan Prabhat Pustak Sadan Description of Holy speech of Osho about Buddhism 2066-12-21 4 Tantra Sutra Prabhat Pustak Sadan Description of Holy speech of osho about God Shiva 2067-05-08 5 Bahya Sansarko rahasya Prabhat Pustak Sadan Guru Chinghai Holy speech collection, Free Distribution 2068-04-04 6 Gandhijika Uktiharu Prabhat Pustak Sadan Mahatma Gandhi's quotations collection 2068-12-07 7 Ashanti Bata Shanti, Shantibata Kranti Prabhat Pustak Sadan Description of Holy speech of osho about Politics 2069-12-27 8 Shiva Vandana Prabhat Pustak Sadan Holy Epic of God Shiva 2069 Fagun 27 Mahashivaratri 9 Satya Sangharshaka Kathaharu Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2072-04-11 10 Satya Pauranik Kathaharu Ratna Pustak Bhandar Pauranik Katha Sangraha (collection of Ancient Stories) 2075 Fagun 11 Shanti Samjhauta Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2080-02-07

कारागार भो

चोचो घस्नेको मारामार भो ।
टाटपल्टो जिन्दगी कारागार भो ।।

डाक्टर भन्ने के थाहा पायौ,
पानी सुद्ध बाराबार भो ।

६ महिना भो लकडाउन, निषेधाज्ञा,
राशन छैन हाहाकार भो ।

घरबेटीले पिछा गर्या गर्यै छ ,
आश्वासनले टाराटार भो ।

अफिसको समान केही काम आएन,
सस्तो भाडामा सारासार भो ।

२०७७ भदौ २९
प्रतिक्रियाका लागि bijusubedi@gmail.com

भोको पेटको समस्या पहिले समाधान हुनुपर्छ ।

नेपालका स्वदेशका २० लाख मजदूरहरु बेरोजगार भएको ६ महिना भइसक्यो । उनीहरुले यही कमाइले छोराछोरीको फिस तिर्ने र परिवारको छाक टार्ने गर्दै आएका थिए । आज विहान टुडिँखेलमा देखेको थिएँ कि कोही ४ दिन, कोही ७ दिन, कोही ८ दिन भो खाना पेटमा नपठाएको भनी भोकले ढल्लाजस्तो भई थररर काँपी भनिरहँदा कसको मन नरोला ? त्यहाँ युवाहरुले स्वतस्फुर्त रुपमा दैनिक २०० जनालाई लकडाउनको समयदेखि खाना खुवाउँदै थिए ।

वुद्ध जीवनी

सिद्धार्थको वाल्यकाल

आजभन्दा २६०० वर्ष अगाडि हिमालय मुनिको फाँटलाई जम्बुद्वीप भनिन्थ्यो । त्यहाँ अनेक साना ठूला अधिराज्यहरु तथा गणराज्यहरु थिए । ती अधिराज्यहरुमा राजाहरु तथा गणराज्यहरुमा गणपतिहरु शासन गर्दथे ।

त्यहाँ हिमालय नजिकै राप्ती नदीको किनारमा शाक्य जातिको कपिलवस्तु भन्ने राज्य थियो । यसको राजधानी कपिलवस्तु नगर थियो । गौतम थर भएको शुद्धोदन यहाँको राजा हुनुहुन्थ्यो । महामायादेवी राजा शुद्धोदनकी महारानी थिइन् ।

कथाको कथा (कथासम्बन्धी सोधमूलक ग्रन्थ)

                                                                     कथाको कथा
                                                          (कथासम्बन्धी सोधमूलक ग्रन्थ)

                                                                     परिच्छेद १

                                        (१) सङ्कल्प/पाठकसँगको करारनामा/कार्यपत्र
(१) (क) अनुसन्धानको दायरा

लकडाउन एक अवसर

लकडाउनका राम्रा पक्षहरू थुप्रै छन् । यसलाई मैले धेरै राम्रो अवसरको रुपमा पाएको छु । हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बाहिर जाँदा चुरोटको धुवाँ, गाडीको धुवाँ, धुलोमुलोले गाल पार्थ्यो, अब त स्वच्छ हावा सित्तैमा महसुस पाइएको छ । पशुपञ्छी, बोटविरुवा पहिलेभन्दा आनन्दित छन् । यसले गर्दा जीवजन्तुहरू अरु समयभन्दा हलक्क बढ्न पाएको छ । सबै बालबालिका प्रफुल्लित मुद्रामा छन् । वातावरण प्रदुषण मुक्त देश भएको छ ।

नूतन वर्षको प्रतीक्षामा

एउटै हाम्रो संसार जस्तो नापोको कागज,
वर्षीय पात्रो फाटियो हाम्रो समय घर्कियो ।
महिना पनि वर्षको जस्तो वितेको हा ! क्षण,
एघार पन्ना धुजाका धुजा मक्किई च्यातियो ।

बोकेको भारी बोझीलो ज्यादै कुप्रियो शरीर,
पात्रोमा हेर्दा पन्ना नि छैन मौलायो कोरोना ।
माछाको कीरा टल्केको हेर जाली छ बाह्रको,
आशाको नयाँ लिएर पन्ना बैशाख आउँला ।

कोरोना कहर

हे ! श्रेष्ठ जीव मानव तिमी चुक्यौ कि चुकिनौ
मृत्युको डङ्क बजेको हेर चाख्यौ कि चाखिनौ
तिम्रो त्यो दर्द कत्तिको हुन्छ मलाई थाहा छ
मेरो त्यो पीडा जत्ति नै भए तिमीले बुझिनौ

फुलले भन्थे नटिप अब मलाई दुख्दछ
बोटले पनि त्यसैनै भन्थे भोअब नकाट
देवको नाम लिएर तिमी आतङ्क फैलायौ
बलि र भोग भनेर तिमी सुगन्ध मनायौ

कोरोनाबाट सचेत बनौँ ।

अहिले विश्वमा कोरोना सबैभन्दा बोलिने शब्द अनि भाइरल भएको छ । कोरोनाले विश्वलाई गाँजेको छ । कोरोनालाई नोभेल कारोना कोभीड १९ नाम दिइयो । कोरोनाको सङ्क्रमणबारे सकेसम्म छोटो र प्रभावकारी रुपमा चेतना फैलाउने उद्देश्यले अभिप्रेरित भएर यो लेख तयार गर्दा सम्मन १लाख नाघिसकेको छ । १४ दिनपछि पनि भाइरस देखा पर्ने भएकाले चाइनाबाट आएका नेपाली विद्यार्थीहरुलाई १४ दिन अलग्गै राखेर परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण देखिएन । उनीहरुलाई ठुलै युद्ध जितेसरी खुसी तुल्यायो ।

प्रेम दिवस

शादीशुदा थाहा पाएपछि लाइक हराएको छ ।
पैसा नभएको थाहाएपछि आफन्त हराएको छ ।
त्यसैले होला दुःखको भारी विसाउँदा,
गोहीको आँसुले सम्वेदनशीलता नाप्न कठीन भएको छ ।
वर्षको एकदिन मनाउने प्रेम दिवसमा पनि प्रेम हराएको छ ।
पाप धुरीबाट कराएको छ ।
वास्तबमा प्रेम दिनेका लागि हो,
दिएर विर्सनेका लागि झन् हो ,
तथापि
गगनभेदी नारा लगाएर के गर्ने ?
प्रेमदिवस उच्छवास दिवस भएको छ ।

‘मेरो योसँग यत्ति लिन बाँकी’ आदि सम्झनामा बाहेक,
अरु केही खाँटीहरु भेट्टाउन पनि मुस्किल छ ।
खुर्पेठ्याक लाउना खोज्नेहरु धेरै भएर होला,
यो दुनियाँ प्रेम प्रेमनगरीबाट विस्थापित भएर,
पैसाका पछि हारालुछ लाग्दा,

शहीद ! शहीद !!

शहीद ! त्यसैले पनि होला तिम्रो हालत खराब छ । किनकि फोहोरी राजनीतिक खेलले तिम्रो अपमान भइरहेको छ । शहीद ! तिमीले देखेको सपनालाई यथार्थमा बदल्न दुःखी गरीब जनताहरू भरमग्दुर रुपमा लागि परेका छन् । बाहुबलीका असरल्ल जस्ता सालासाली, मामा माइजूको कठालोमा देश छ । शहीद ! तिमीले देशको परिवर्तनका लागि रगतको खोलाले बढारेर गयौ । त्यसको आडमा हामीले सास फेर्न पाएका छौँ । अहिले पनि हामी लामो सास तानी स्वच्छ महसुस गर्छौँ, हो ! यो तिम्रै देन हो ।

शूण्य (विज्ञान कथा)

इथरको बुबा ठुलो अन्तरिक्ष वैज्ञानिक भयो । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरि ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । ऊ अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थ्यो । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो, अकस्मात इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग प¥यो, उफ्रिन थाल्यो, चुलबुल हुन थाल्यो । वास्तबमा उसको बुबाले जुन सूचना पठाएको थियो, त्यसको सहायतामा उसको बुबालाई अन्तरिक्षयात्रीहरुले यानबाट लिन आएका थिए र सोहीबेला मोटर दुर्घटनामा सम्पुर्ण शरीर भष्म भएर हो वा के भएर हो उसको बुबाको कुनै अंशको रसायन पनि त्यहाँ बाँकी भएको थिएन ।

बालक ध्रुव

राजा उत्तानपादले राज्य बढाएर अकण्टक बनाएका थिए । प्रजाहरू सबै सुखी थिए । उत्तानपाद आफ्नी रानी सुनीतिलाई एकदमै प्रेम गर्दथे । तर उनीहरूका सन्तान थिएनन् । त्यसले गर्दा राजाको वंश परम्पराका उत्तराधिकारी नभएकामा सम्पूर्ण प्रजाहरू दु:खी थिए । सबैले राजालाई दबाब दिन्दा पनि राजाले अर्को बिहे गर्न मानेका थिएनन् । राजगुरुले रानी सुनीतिलाई राजालाई बिहेका लागि दबाब दिन सुध्याए किनकि सुनीतिका कुरा राजाले टार्दैनथे तर सुनीतिको धेरै दबाबपछि पनि राजाले अर्को बिहे गर्न मानेनन् किनकि सुनीतिलाई पछि अन्याय भइजानेछ भन्ने उनलाई थाहा थियो ।

एक रातको कथा

रात वित्याँस पर्छ पावेललाई, ऊ छटपटाउँछ, कोल्टे फेर्छ । समस्याले उसलाई सताउनै सक्दैन किनकि ऊ सुख र दुखःको पारि छ त्यसैले त ऊ वितरागी छ । बाबासँगको सङ्गतले उसलाई यस्तो बनाएका हो । तर समय समय हो । खोलोको बहाबजस्तै उसले कलकल, झरझर सङ्गिती देखे पनि महसुस गरे पनि उसले उज्यालो भेट्टाउँदैन । उसले सोच्छ दुःख त दुःखै हो । अरुले आफूभन्दा दुःखी हेरी दुःखी नबन भनेको सम्झेर कहिल्यै चित्त नबुझाउने ऊ, त्यसैले उसले यत्तिबेला चित्त बुझाएन ।

पृथ्वी बाहिर

पृथ्वीमा उसले पृथ्वीबाट
केही गर्न सक्दैन
पृथ्वी बाहिरबाट गर्न उसले
जानी सकेछ
कारण वषौँ भयो
उसले एकाङ्की विताएको

उसले व्रह्मा भनी मान्ने देवता
उनीहरुको शिवलिङ्ग रहेछ
उनीहरुको छाडा पिँजडा
उसको जनैको मन्त्र जप रहेछ

कमरेडहरु खोज्छ ऊ आहक्यूँ जसरी
टायँ टायँ फिस्स भयो
नेताले कमायो भन्छन्
सालासाली मोज गर्छ
विचरा नेता थाङ्ना मै
उनीहरुको गाइगोरुजस्तो
छाडा दुव्र्यवहार पनि
हरे राम नेतालाई नै

राम्रो काम गरे केही हुन्न
नराम्रो काम इसारा नगरे पनि
उसको अङ्गअङ्क चलेको मानी
सब हुर्मत हुन्छ
सुपर पावर जस्तो ऊ
न आफ्नो नाममा केही हुन्छ
न जनता उनका पक्षमा हुन्छ

उदासिन (डिप्रेसन) हुनेले जान्न्नैपर्ने कुराहरू

उदासिन (डिप्रेसन) हुनेले यी कुराहरू जानेमा विना औषधि निको हुन्छ ।

मैले थुप्रै उदासिन डिप्रसनग्रस्त व्यत्तिहरुलाई यी कुराहरु बुझाएर निको तुल्याएको छु । यी कुरा मैले त्यसै भनेको होइन । हाम्रो समाज त्यत्ति त शिक्षित छैन तर श्क्षिित भनाउँदा समाज पनि आफुले पढेका कुरा लागु गर्दैनन् अनि पढाइ त्यसै खेर गइरहेको छ । हरेक व्यक्ति जसलाई पनि हतोत्साही बनाउन तलिल्न छन् । त्यसैले गर्दा शिक्षाको उज्यालो नपुगेका ठाउँमा डिप्रेसन, उदासिपन आज धेरै मात्रामा ब्याप्त छ र कमजोरीको फाइदा उठाइरहेका छन् ।

कर्ण

एउटा असुर थियो दम्बोद्भव । उसले सुर्यदेवको अत्यन्तै ठूलो तप ग¥यो । सुर्यदेव प्रसत्र भएर प्रकट भएर वरदान माग भन्दा उसले ‘अमरत्व’ को वरदान माग्यो । सुर्यदेवले यो सम्भव छैन भने । तब उसले माग्यो कि उसलाई एक हजार दिव्य कवचको सुरक्षा प्राप्त होस् । यीमध्ये एउटा पनि कवच मात्र उसले तोड्न सकोस् जसले एक हजार वर्ष तपस्या गरेको होस् । जसै कोही यसरी कवच तोड्न सक्छ उसको पनि तत्कालै मृत्यु होस् ।

बाढी

पुल छोप्ने गरी खोला बढ्यो ।
(सबैजना आत्तिएर चिच्याइरह्या ।)
हाम्रोमा बाँध छैन नि त्यसैले
हरेक साल यस्तै त्रास छ
ब्यारेजको ढोका खोल्नु नि फेरि विस्तारवादको अनुमति चाहिने होला फेरि
निन्द्रामा पनि ऐठन हुन्छ साला
अब तमासा नदेखाऊ
बाँध बनाऊ ठीक हुन्छ, ब्यारेज खोल ठीक हुन्छ
एक वर्षमा राहत सामग्रीले जत्ति पनि पर्याप्त छ
यो साललाई भयो भयो अर्को साललाई गर सालाहरु
हेरहेर वस्ती नै बगाए जस्तो छ
पलङ, बाइक, गुन्द्री, गाइभैँसी, खतारा पार्टस,
हेर हेर मान्छे पनि थुप्रै पौडन नजान्नेहरु बगाए्
पौडन नजानेर होइन थला परेर हो
कति त निन्द्रामै थिए होलान् त्यसैले होला