कविता (मृत्यु)
आउनु ,जानु
भेट्नु , छुट्नु
अल्झनु , फुत्किनु
समीप, टाढा
लाभ, हानी
विग्रनु , सुल्झनु
नैरास्यता, घमण्ड
रिस डाहा, प्रेम विश्वास
नरम, कठोर
बेसोमती, मनकारि
साँचो, झुटो
कहिले प्रभात
कहिले निशा
पत्र पत्र जस्तो
रावणका टाउकाहरु झरेपनि हुनेजस्तो
यो संसार हो माया नगरी
यसलाई छोडी
वास्तविक जीवनतिर फर्किने यात्रा
जसलाई हामी मृत्यु भन्छौं
तेरोेमरो यदि केही छैन भने
जीवन कर्म त्यो सच्चा हो
लिएर जाने त के छ र यहाँ
दिएर जान्छ जसले उसैले लिएर जान्छ
त्यही एउटा अटुट कर्म फल नै त हो
यदि हाम्रो भन्ने जब भाव आउँछ
तब दुःख सदा भाग्नेछ
सुख आफै दैलोमा आउने छ

महाभारतकालका युगपुरुष थिए कर्ण । उनी सबैभन्दा श्रेष्ठ भएर पनि सबैभन्दा चेपुवामा पर्ने व्यक्ति पनि थिए । उनी हरेक कुरामा निपुण थिए । कर्तव्यपरायणता, इमानदारिताका त उनी खानी नै थिए । पौराणिक इतिहास माहाभारतमा उल्लेख गरिएका कथनहरुका आधारमा यहाँ कर्णको हारका कारण केलाउने प्रयास गरिएको छ ।